www.tandavnews.com
Fact ~ In search of truth

चट्याङसहित वर्षाको सम्भावना, नदीहरुमा पानीको बहान बढ्न सक्ने

काठमाडौं ।

मौसम पुर्वानुमान महाशाखाले २४ घण्टे चेतावनी तथा परामर्श जारी गर्दै सर्तककता अपनाउन आग्रह गरेको छ ।

आज देशका केही स्थानमा मेघ गर्जन-चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज केही स्थानमा हल्कादेखि मध्यमसम्म र पश्चिम पहाडका एक÷दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको छ ।

भारी वर्षाका कारण देशका केही ठूला नदी तथा साना खहरे खोलाहरुमा बहाव बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज र भोलि नारायणी,कर्णाली र महाकाली नदीमा बहाव बढ्ने सम्भावना छ, तर सतर्कता भन्दा तलै हुनेछ।

यस्तै आज जुम्ला, बाजुरा, कञ्चनपुर, डोटी, डडेलधुरा, बैतडी, दार्चुलालगायत जिल्लाका पहाडबाट बहने केही ससाना नदीहरूमा बहाव बढ्ने महाशाखाले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.