
पोखरा
ताण्डव न्यूज ।
पोखरा महानगर वडा नं ६ को कार्यालयमा चोरी भएको छ । गएराती मध्यान्ह १२ बजे कार्यालय चोरी भएको हो ।
कार्यालयबाट आर्थिक तथ्यांक रहेको २ वटा कम्प्यूटर चोरी भएका हुन् ।

‘सिसिटिभी फुटेज नियाल्दा महुरीको मह निकाल्दा प्रयोग हुने पोषाकले अनुहार ढाकेर चोरी गरेको देखिएको छ । २ वटा कम्प्यूटर चोरी भएका छन्’ वडाध्यक्ष जगतबहादुर पहारीले सुनाए । घटनाबारे सम्बन्धीत निकायमा जानकारी गराइसकेको र चोरीमा संलग्न ब्यक्तिको अनुसन्धान भइरहेका वडाध्यक्ष पहारीले जनाए ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.