
सुशान्त गाहा मगर
पोखरा, ताण्डव न्यूज ।
हिमदुत राष्ट्रिय दैनिकका सम्पादक रवीन्द्रनाथ बास्तोला ‘प्रजातन्त्र सेनानी दयाशंकर पत्रकारिता पुरस्कार २०७५’ बाट सम्मानित भएका छन् ।

नेपाल पत्रकार महासँघ कास्कीद्वारा पोखरामा आयोजित कार्यक्रमका बिच बिगत लामो समयदेखी पत्रकारितामा योगदान पु¥याएको भन्दै बास्तोला प्रजातन्त्र सेनानी स्व. दयाशंकर पालिखेको स्मृतिमा स्थापित उक्त परस्कारबाट सम्मानित भएका हुन ।
सम्मानित बाँस्तोलालाई अक्षयकोषदाता तथा पुर्व प्रधानमन्त्री एवम् नेपाली काङ्गे्रसका सभापति शेर बहादुर देउवाले नगद रु ५५ हजार ५ सय ५५, दोसल्ला सहित सम्मानपत्र प्रदान गरे ।
सो अवसरमा बोल्दै काङ््ग्रेस सभापति देउवाले प्रजातन्त्र र पत्रकारिता पुरक रहेको उल्लेख गरे ।
उनले प्रजातन्त्रमा र पत्रकारतिामा सहि सुचना दिन स्वतन्त्रता हुने भन्दै पुरक भएको बताए । उनले प्रमुख प्रतिपक्षी दलको हैसियतले वर्तमान सरकारको आलोचना गरे ।
वर्तमान सरकारल जनभावना विपरीतका विधेयक ल्याएको भन्दै देउवाले सरकार सत्ता आफ्नै पेवा जस्तो गरेको टिप्पणी गरे ।
सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जर्मन शासक हिटलरसँग तुलना गर्दै भने ‘हिटलरले संसदबाटै कानुन पास गरेर सत्ता कब्जा गरेका थिए । सदनमा एकपछि अर्को अनेकथरी विधेयक ल्याएर पास गर्न खोजेर प्रधानमन्त्रीजी त्यहीँ बाटोमा हिँड्न खोजेका छन ।’
देउवाले मानवअधिकार आयोग विधेयक तथा मिडिया काउन्सिल विधेयक जस्ता आलोचित विधेयक ल्याएको भन्दै फिर्ता लिनुपर्ने धारणा समेत राखेका थिए ।
त्यस्तै सम्मान ग्रहण पश्चात बोल्दै रवीन्द्रनाथ बास्तोलाले आफुलाई थप हौसला मिलेको बताए । उनले उक्त प्राप्त गरेको पुरस्कार राशिमा थप गरि पत्रकारिता मार्फत शिक्षा क्षेत्रमा योगदान पु¥याउनलाई प्रदान गर्ने ‘शिक्षा पत्रकारिता पुरस्कार’ को घोषणा समेत गरे । उनका अनुसार नेपाल पत्रकार महासँघ कास्कीले सञ्चालन गर्नै उक्त पुरस्कारको राशि २५ हजार ५ सय २५ रहनेछ ।
‘प्रजातन्त्र सेनानी दयाशंकर पत्रकारिता पुरस्कार २०७५’ को अक्षयकोषदाता सुनेना पालिखेले समाज रुपान्तरण गर्ने महिलाले पाउने गरी २ लाख ५० हजारको अक्षयकोष स्थापनाको घोषणा गरिन । उनका अनुसार उक्त पुरस्कार अन्नपुर्ण एफ. एमले सञ्चालन गर्नेछ ।
सम्मान कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, गण्डकी प्रदेश सभा सदस्य एवम् नेकपा कास्कीका अध्यक्ष कृष्ण थापा, नेपाल पत्रकार महासँघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, नेपाली काङ्ग्रेस कास्की सभापति कृष्ण केसी तथा पोखरा उद्योग वाणिज्य सँघका अध्यक्ष दामुु अधिकारी लयायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.