www.tandavnews.com
Fact ~ In search of truth

विपद् पूर्वानुमान गर्न बाँकेमा सेन्सर जडान

बाँके ।

विपद् व्यवस्थापनका लागि बाँकेको कोहलपुर र बैजनाथमा सेन्सर जडान गरिएको छ । विपद्सम्बन्धी पूर्वजानकारी दिन बाँकेका आठ स्थानीय तहमध्ये दुई स्थानीय तहमा अत्याधुनिक सेन्सर जडान गरिएको हो ।

स्थानीय तहसँगको समन्वयमा ताइवानी संस्था नेशनल साइन्स एण्ड टेक्नोलोजी सेन्टर फर डिजास्टर रिडक्सन (एनसिडीआर)को आर्थिक सहयोगमा कोहलपुर र बैजनाथका १२ स्थानमा सेन्सर जडान गरिएको हो । जडान गरिएका सेन्सरलाई नियन्त्रण गर्नका लागि कोहलपुर नगरपालिका परिसरमा प्राविधिक कक्षसमेत स्थापना गरिएको छ ।

सेन्सरबाट प्राप्त सूचनाहरुलाई अध्ययन गर्दै सोही कक्षबाट विपद्सम्बन्धी पूर्वानुमान लगाउन सकिने एनसिडीआरका निर्देशक डा .चेङ होङले जानकारी दिए ।

एनसिडीआरका निर्देशक डा चेङ होङका अनुसार सेन्सरले विपद् आउनुअघि साइरनमार्फत जानकारी दिनेछ । सेन्सरले विपद्सम्बन्धी सबै सूचना सङ्कलन गरी सर्वसाधारणलाई जानकारी दिने व्यवस्थासमेत मिलाइएको छ ।

मोबाइल एप्लिकेसनमार्फत मोबाइलबाटै जानकारी लिन सकिने उक्त प्रविधिले सेन्सरबाट ३ रेक्टर स्केलभन्दा बढीको भूकम्प आउँदा, वर्षाको पानी र हावाहुरीसमेत मापन गर्ने जनाइएको छ ।

करीब तीन महीना लगाएर दुई स्थानीय तहमा सेन्सर जडान गरिएको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले जानकारी दिए।

प्राकृतिक विपद् भूकम्प, बाढी, डुबान, वर्षा र हावाहुरीबारे पूर्वसूचना प्रणालीका लागि कोहलपुर नगरपालिकाका छ स्थान र बैजनाथ गाउँपालिकाकाका छ स्थानमा सेन्सर जडान गरिएको प्रमुख रावतले बताए ।

बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले सेन्सर जडानपछि विपद्बाट हुने सम्भावित जोखिम न्यूनीकरणमा मद्दत पुग्ने बताए ।सेन्सर जडानका लागि कोहलपुर नगरपालिकाका प्रमुख रावत र बैजनाथ गाँउपालिकाका प्रमुख रुचाल केही समयअघि ताइवान पुगेर ताइवानी संस्था एनसिडीआरसँग सहमति गरेका थिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.