www.tandavnews.com
Fact ~ In search of truth

हृदयघातका कारण भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन

राजनितीको प्रख्यात च्याप्टरको अन्त्य :प्रधानमन्त्री मोदी

एजेन्सी ।

भारतका पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन भएको छ ।

भारतीय जनता पार्टीकी नेतृ समेत रहेकी स्वराजको गएराती हृदयघातका कारण निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुुसार उपचारको क्रममा अल इण्डिया इन्सिच्युट अफ मेडिकल साइन्समा ६७ वर्षको उमेरमा स्वराजको निधन भएको हो ।

Batas

हिजो साँझ अचानक हृदयघात भएपछि उनलाई अस्पताल लगिएकोमा गएराती स्वराजको निधन भएको हो । उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी,भारतीय काँग्रेस लगायतले ट्वीट गर्दै समवेदना पक्रट गरेका छन् ।

मोदीले ट्वीट गर्दै स्वराजको निधनले भारतीय राजनितीको प्रख्यात च्याप्टरको अन्त्य भएको उल्लेख गरेका छन् । अघिल्लो मोदी सरकारमा उनी विदेश मन्त्री भएकि थिइन् ।

भारतीय जनता पार्टीको अनुसार स्वराजको पार्थिव शरीर आज १२ बजेदेखि ३ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिनेछ । स्वराजको लोधी रोडको क्रेमेटोरियममा राष्ट्रिय सम्मानका साथ अन्तिम संस्कार गरिनेछ ।

स्वराज सातपटक सांसद भएकि थिइन् । २५ वर्षको उमेरमा राजनीतिमा आएकी उनी तीनपटक विधानसभा चुनाव लेडेकी थिइन र जितेकी पनि थिइन् ।

स्वराजको जन्म १४ फेब्रुअरी १९५२ मा भारतको हरियाणामा भएको हो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.