
पोखरा ।
नियमविपरीत होटल सञ्चालन गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा पृथ्वीचोकस्थित कोशी एण्ड रीतिक रेष्टुरेन्टकी सञ्चालिका ममतादेवी महतो रहेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।

उनले होटेलमा बास बस्न आएका तीन भारतीय नागरिकको नियमानुसार अभिलेख राख्नुपर्नेमा नराखिएको हुँदा प्रहरीले उनलाई मगंलबार पक्राउ गरिएको हो । तीनै जना लक्ष्मी परियारको हत्यामा संलग्न रहेको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । लक्ष्मी परियारको असार १ गते हत्या भएको थियो ।
‘होटेल व्यवसायी तथा मदिरा बिक्री वितरण नियन्त्रण ऐन २०३३’ को दफा ५ को उपदफा १९ अन्तर्गत कसुर गरेको देखिएकाले आवश्यक अनुसन्धान तथा कानुनी कारवाहीका लागि ममतालाई आज आन्तरिक राजस्व कार्यालय, पोखरा पठाइएको छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.