www.tandavnews.com
Fact ~ In search of truth

सुनको भाउ अहिलेसम्मकै उच्च

पोखरा ।

सुनको मूल्यले नयाँ रेकर्ड तोडेको छ ।

सुनको मूल्य आज एकै दिन तोलामा १५ सय रुपैयाँ बढेको छ । आज छापावाल सुनको मुल्य बढेर ६९ हजार ५ सय रुपैयाँ पुगेको छ । हिजो सुनको मुल्य ६८ हजार रुपैयाँ तोलामा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य तोलामा एक हजार पाँच सय रुपैयाँले बढेर ६९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यो अहिले सम्मकै उच्च मूल्य भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर आठ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्दा यसको प्रभाव नेपालमा पनि परेको हो । अमेरिका र चीनबीचको व्यापार युद्धका कारण सुनको भाउ निरन्तर बढिरहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.