www.tandavnews.com
Fact ~ In search of truth

नाप तौलका सामानहरुमा अनुगमन

विनिता सुनार,

पोखरा/ताण्डव न्यूज ।

 

पोखरा महानगरपालिकाको बजारमा अवैध रुपमा चलाउँदै आएका नापतौलका समानहरुलाई बुधबार अनुगमन टोलिले नियन्त्रणमा लिएको छ ।

Batas

अनुगमनबाट स्प्रिङ्ग ब्यालेन्स ३१ थन, माना १९ थानअन्य१९ थान गरी ६९ थान तराजु र मानाका सामानहरु जफत गरेको उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले बताए ।

उनका अनुसार यी सामानहरु बिशेषगरी फलफुल, तरकारी, मसला खरिद बिक्रीमा बढी प्रयोग हुने गर्दा उपभोक्ताहरु ठगिने कोइरालाले उल्लेख गरे ।

नेपालमा ढक, तराजु, लिटर, मिटर लगायतका नाप तौलका सामानहरु मात्र प्रयोग गर्न पाइन्छ । यी नाप तौलका सामानहरु प्रयोग गर्नका लागि पनि बार्षिक नबिकरण गराउनु पर्ने कोइरालाले जानकारी दिए ।

पोखरा महानगरपालिका, जिल्ला प्रशासन र नापतौल विभागको संयुक्त टोलिले चिप्लेढुङ्गा, महेन्द्रपुल र पृथ्वीचोकको फुटपाथबाट तराजु र माना पाथि माथि अनुगमन गरेको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.