www.tandavnews.com
Fact ~ In search of truth

ओमको स्मार्ट यात्रा कार्ड वितरण शुरु

पोखरा ।

ओम डेभलपमेन्ट बैंकले पोखरा क्षेत्रमा यात्रा स्मार्ट कार्ड वितरण शुरु गरेको छ । पोखरा महानगरपालिकाद्धारा आगामी २०७६ भदौ १ गते देखी महानगरपालिका भित्र सञ्चालन हुने सार्वजनिक यातायातका बसहरुमा ई टिकेटिङ लागु गर्न गइरहेको छ ।

यस प्रयोजनका लागी आवश्यक यात्रा स्मार्ट कार्ड जारी, वितरण तथा सार्वजनिक सवारीको दैनिक रुपमा हुने आम्दानीको सेटलमेन्टको काम ओम डेभलपमेन्ट बैंकले गर्ने बैकका प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले बताए ।

पहिलो चरणमा पोखरा भित्रका स्कुल, कलेज अध्ययन गर्ने बिधार्थीहरु माझ वितरण सुरु गरिएको र लगत्तै पोखरा महानगर भित्रका सम्पूर्ण वडाहरु मार्फत सो कार्ड वितरण गरिने बताइएको छ ।

ओम डेभलपमेन्ट बैंकले प्रथम चरणमा पोखरा महानगरपालिका भित्र चल्ने करीब ८०० सवारी साधनमा टर्मिनल जडान गर्ने र ४ वर्ष भित्रमा ३ लाख स्मार्ट कार्ड वितरण गरी पोखरालाई स्मार्ट सिटीको रुपमा विकसित गर्ने पोखरा महानगरपालिकाको अवधारणामा महत्वपूर्ण योगदान पुग्ने बताइएको छ ।

यस परियोजना सञ्चालनका लागी पोखरा महानगरपालिका, ओम डेभलपमेन्ट बैंक, एनक्लाउड प्रा.लि र पोखरा बस व्यबसायी समितिका पदाधिकारीहरुको उपस्थितिमा यस अधि नै सम्झौता पत्रमा हस्ताक्षर भइसकेको प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.