www.tandavnews.com
Fact ~ In search of truth

ब्रेकफेल हुदाँ तनहुँमा बस दुर्घटना, २ घाईते

तनहुँ ।

तनहुँमा सवारी दुर्घटना हुदाँ दुई जना घाईते भएका छन् । भिमाद नगरपालिका–२ बोकसाङ स्थित भित्री सडकमा रामपुर पाल्पाबाट भिमाद आउँदै गरेको ना ५ ख ५०३५ नम्बरको बसको ब्रेकफेल हुदाँ दुर्घटना भएको जनाइएको छ।

बसमा सवार १५÷२० जना यात्रु मध्ये २ जना घाईते भएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । घाईते मध्ये भिमाद नगरपालिका–६ बस्ने १९ वर्षीय मनोज नेपाली र भिमाद नगरपालिका –१ डुम्रेबेशीकी २२ बर्षीया प्रतिक्षा लम्साल घाईते भएको प्रहरीले जनाएको छ ।

घाईते दुवैलाई उपचारका लागि पोखरा स्थित मणिपाल शिक्षण अस्पताल ल्याइएको छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.