
काठमाडौं ।
प्रधानमन्त्री ओलीको सिगांपुर बसाई लम्बिएको छ ।
उपचारका लागि सिंगापुर पुगेका प्रधानमन्त्री ओली आज स्वदेश फर्किने भनिएकोमा बसाई लम्बिएको हो । आज फर्किने कार्यतालिका भए पनि आइतबार मात्रै फर्किने योजना बनेको जनाइएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार आइतबार दिउँसो थाइ एयरलाइन्सबाट प्रधानमन्त्री स्वदेश फर्किने छन्।स्वास्थ्य उपचारका लागि प्रधानमन्त्री ओली गत शनिबार ९ सदस्यीय टोलीसहित सिंगापुर गएका थिए।
सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्य रिपोर्ट सामान्य आएको छ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.