www.tandavnews.com
Fact ~ In search of truth

गैँडाकोटमा धार्मिक पर्यटकीय वडा बनाइने

नवलपुर ।

नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) जिल्लाको गैँडाकोट नगरपालिका ऐतिहासिक, पुरातात्विक धार्मिक महत्व बोकेको क्षेत्रको रुपमा विकशित हुन थालेको छ ।

थुप्रै धार्मिक तथा पर्यटकीयस्थल रहेको यस क्षेत्रमा उत्तरबाट बग्दै आएकी कालीगण्डकी नदी, नारायणी नदी, शिरमा मौलाकालिका मन्दिर र मन्दिर परिसरबाट देखिने प्राकृतिक सुन्दरताले पनि यहाँ पर्यटकको आवागमन बढ्न थालेको हो ।

Batas

धार्मिक पर्यटकीय गन्तव्यस्थलको रुपमा सूचीकृत मौलाकालिका मन्दिरसँगै ऐतिहासिक र धार्मिक महत्व बोकेका अन्य मठमन्दिर यहाँ रहेकाले उक्त मन्दिरको गुरुयोजनालाई देवघाट क्षेत्र विकास समितिको गुरुयोजनामा समावेश गरेर धार्मिक पर्यटकीय वडा बनाउने प्रक्रिया अगाडि बढाइएको हाे ।

वडाको मठमन्दिरको उचित व्यवस्थापन, विकास, प्रवद्र्धन र प्रचार गर्न धार्मिक पर्यटकीय समन्वय समिति गठन गरेर काम अगाडि बढाइएको छ । उक्त वडामा मौलाकालिका मन्दिर, दक्षिण भारतीयशैलीमा निर्माण गरिएको लक्ष्मी नृसिंह दिव्यधाम, वृन्दावन प्रतीकको राधाकृष्ण मन्दिर, लक्ष्मी बैंकटेश्वर मन्दिर, कूल मन्दिरसहित २५ मठमन्दिर रहेका समितिका सचिव जगन्नाथ उपाध्यायले बताए ।

“पवित्र तीर्थस्थल देवघाटमा आउने भक्तजनलाई पदमार्ग हुँदै मौलाकालिका ल्याउन सकियो भने पनि यहाँको धार्मिक पर्यटनको विकास हुनसक्छ”, सचिव उपाध्यायले भने , “अहिले पनि ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिरमा दैनिक पाँच हजारभन्दा बढी दर्शनार्थी आउने गरेकाले प्रचारप्रसारको आवश्यकता छ।”

उक्त वडामा शहरीकरणको प्रभावभन्दा पनि आवासीय क्षेत्रको रुपमा कल्पबास निर्माण भएका र सोहीअनुसार जीवनको उत्तराद्र्धमा पुगेका ज्येष्ठ नागरिक बस्ने गरेका छन् । (रासस)

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.