www.tandavnews.com
Fact ~ In search of truth

क्यान्सर पिडित क्षेत्रीलाई लामा अमृत फाउन्डेशन घान्द्रुकको ४ लाख सहयोग

सुशान्त गाहा मगर,
ताण्डव न्यूज ।

अन्नपुर्ण गाउँपालिका ११ घान्द्रुक (मेलाचे) का वडा सदस्य क्यान्सर पिडित रुद्र क्षेत्रीलाई लामा अमृत फाउन्डेशन घान्दु््रकको नेतृत्वमा ४ लाख १५ हजार ३ सय १६ रुपैया आर्थिक सहयोग गरेको छ ।

फाउण्डेशका संस्थापक अमृत लामा गुरुङ, जापानमा कार्यरत सुनिल गुरुङ र घान्द्रुक समाज हङकङका पुर्व अध्यक्ष चन्द्र गुरुङको संयुक्त पहलमा संकलित उक्त रकम खुट्टाको क्यान्सर पिडित क्षेत्रीलाई सहयोग गरेको हो ।

Batas

बी.पी कोईराला मेमोरियल क्यान्सर अस्पताल गेट अगाडी होटेलमा बसेका क्षेत्रीलाई भरतपुर मै पुगेर अभियन्ता अमृत लामा समाजसेवी जिवन गुरुङ तथा पर्यटन ब्यबसायी मनोज गुरुङले संयुक्त रुपमा पिडित क्षेत्रीलाई सहयोग रकम हस्तान्तरण गरे ।

सहयोग रकम प्रदान गर्दै अभियन्ता अमृत लामा गुरुङले फाउण्डेशनको नेतृत्वमा १ लाख २ हजार र घान्दु्रक समाज हङकङका सदस्यहरुबाट ३ लाख १३ हजार ३ सय १६ गरी ४ लाख १५ हजार ३ सय १६ रुपैया संकलन गरिएको बताए ।

गुरुङले वडा सदस्य समेत रहेका क्यान्सर पिडित क्षेत्रीको आर्थिक स्थिति कमजोर रहेकोले सहयोग अभियान थालेको बताउदै दुखमा साथ दिएको उल्लेख गरे । ‘मान्छेहरुले सुखमा मात्र होईन दुखमा पनि साथ दिनुपर्छ भनेर हामि आर्थिक संकलनमा जुटेका थियौं । उनले भने, ‘आज जे जति संकलन भो यसले तपाईको घाउमा थप मलम लगाउन मद्दत गर्नेछ ।’ गुरुङले पिडित क्षेत्रीको आर्थिक स्थिति दयनीय भएको बताउदै उनको थप उपचारार्थ सहयोग गर्न सबैमा आग्रह समेत गरे ।

त्यस्तै सहयोग रकम ग्रहण गर्दै पिडित क्षेत्रीले नसोचेको सहयोग पाएको भन्दै सहयोगीदाता प्रति आभार प्रकट गरे । ‘तपाईहरुले यति छोटो समयमा धेरै रकम जुटाईदिएर सहयोग गर्नुभएको छ । उनले भने, ‘म भावविभोर भएको छु तपाईहरुको यो सहयोगले मेरो थप आत्मबल र निको हुने आश बढेको छ ।

उनी स्वयम् बिदेश भोगेकाले थोपा–थोपा पसिनाको मुल्य बुझेको भन्दै सहयोग रकम खेर नजाने बताए । उनले भने, ‘तपाईहरुले मलाई सहयोग गर्नुभएको छ तपाईहरुलाई भगवानले सहयोग गर्नुहुनेछ ।’ पिडित क्षेत्रीले आफु बाल्यकालमा आगोमा खुट्टा परेको कारण दुबै खुट्टा सबल नभएको जानकारी दिए ।

उनले आफु पहिलेनै राष्ट्रिय सुचिमा समेत अपाङगतामा परेको बताउदै बिदेश ८ बर्ष सुखदुखले बिताएको सम्झिए । बिगत देखी आप्mनो बाँया खुट्टा तुलनात्मक रुपमा कमजोर रहेको बताउदै पानीमा धेरै भिज्दा आफुलाई असहज हुने गरेको जानकारी दिए । उनले बिगत दुई बर्षदेखी उपचारका लागि धेरै औषधालय धाएको सुनाए । ‘छालाको हरियोखर्खमा राम्रो गर्छ भन्ने सुनेपछि त्यहाँ पुगे । उनले भने, ‘चेक गर्न मासु काटेर मनिपाल पठाईयो केही दिनपछि क्यान्सर भएको रिपोर्ट आयो ।’

उनका अनुसार हरियाखर्कका डाक्टरले शल्लेक्रिया गर्न सुझाएपछि शल्लेक्रिया गरे तर क्यान्सर निको भएन । उनी अहिले बिपी मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा छन् ।चिकित्सकको सल्लाह अनुसार खुट्टा जोगाउने आशामा उनले किमो चढाउने र घाउ सेकाउने गरिरहेको सुनाए ।

‘५ दिनपछि घर जादा हुन्छ भन्नुभएको छ डाक्टरले । उनले भने, ‘करिब २ महिनाको बेडरेष्ट पछि क्यान्सर निको भएन भने खुट्टा काट्नैपर्छ भन्नुहुन्छ ।’ आर्थिक अवस्था कमजोर रहेको क्षेत्रीको पछिल्लो समयसम्म उपचारका लागि ५ लाख बढि खर्च भैसकेको छ ।

यस अघि वडा सदस्य क्यान्सर पिडित रुद्र क्षेत्रीलाई वडा कार्यालयले १५ हजार सहयोग गरेको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.