www.tandavnews.com
Fact ~ In search of truth

केही सिकाई…

बाँच्नका लागि गाँस, बास र कपासको आवश्यकता पर्दछ भनेर सानोमा धेरै घोकियो र त्यो घोक्नकै लागि मात्र घोकियो । यी तीन थोक बाँच्नका लागि आवश्यक त हुन् तर पर्याप्त होइनन् । बाँच्नका लागि आवश्यक पर्ने धेरै महत्वपूर्ण विषयहरुमध्येको एक हो प्रेरणा ।

मानिसलाई बाँच्नका लागि प्रेरणाको आवश्यकता पर्दछ । यस्तै हरेक कार्यहरुपुरा गर्नका लागि प्रेरणाको महत्वपूर्ण भूमिका हुन्छ । कोही पनि व्यक्ति प्रेरित नभईकन काम गर्न सक्दैन । व्यक्तिलाई प्रेरित गराइरहनका लागि त्यसपछाडि उसको रुचि, फाईदा, प्रतिष्ठा आदिजस्ता विषयहरु जोडिएका हुन्छन् । प्रेरणा एउटा उर्जा हो जसबाट जस्तोसुकै काम गर्नका लागि मानिसले आत्मविश्वासको भावना पाउँछ । मानिसलाई आफनो लक्ष्य सम्म पु¥याउनका लागि प्रेरणाकै आवश्यकता पर्दछ ।

मानिसलाई आन्तरिक र बाह्य कारणहरुबाट प्रेरणा मिल्दछ । बाह्य कारणमा धेरै विषयहरु समेटिन सक्दछन् । जस्तो कोही आफनै समाजका व्यक्तिको जिवनीहरुबाट, कोही किताबका पानाहरुबाट, सिनेमाका पात्रहरुबाट, गीत, लेख तथा कविताका शब्दहरुबाट प्रेरित हुन्छन् । यसबाट व्यक्तिलाई क्षणिक प्रेरणा त मिल्छ तर दीर्घ समयका लागि पर्याप्त नहुन सक्छ । यसका लागि मानिसलाई आन्तरिक प्रेरणाअथवा आत्मप्रेरणाकोआवश्यक पर्दछ ।

Batas

आफूले आफैलाई विश्वास गर्नु आत्मप्रेरणाको एउटा प्रतिक हो । बाह्य कारणहरु लामो समयका लागि आफूसंग नहुन सक्छन् तर आन्तरिक प्रेरणा जिन्दगीभर आफैसंग रहन्छन् । भित्रबाट नै हामी प्रेरित छौ भने हामीले आटेँका काम, लक्ष्य हासिल गरेर नै छाड्दछौ । नयाँ सोच छ, काम गर्ने उर्जा छ र पनि हामी आफू उत्प्रेरित हुनसकेनौभने ती सबै विशेषताहरु खेर जान सक्दछन् । आफू भित्र प्रेरणा कसरी जगाईराख्ने भन्ने विषयमा आफूले नै गरिरहेको प्रयास, आफ्नो सिकाई र बुझाईहरु यहाँ प्रस्तुत गर्दैछु ।

हामीले जिवनमा भोग्ने असफलताहरु अथवा आईपर्ने समस्याहरु हाम्रा लागि नयाँ काम गर्ने अवसर हो । ती अवसरहरुलाईे चिन्नुपर्दछ । समस्याहरुलाई सिक्ने मौकाको रुपमा लिने हो भने हामीले धेरै चिन्ता लिइरहनु पर्देन । यसले हामीलाई समस्याहरुसंग जुध्ने एउटा नयाँ तरिका सिकाँउछ । जस्तो समस्या आईपरे पनि त्यसबाटहतोत्साहित नभईकन एउटा सिकाईको माध्यमको रुपमा लिन सकिन्छ।

राम्रो सोच्नु राम्राे नै हुन्छ भन्ने वाक्य हामीले धेरै पटक सुन्यौ होलातर साच्चिकै हामीले कतिपटक यी वाक्यहरुलाई कानले नभएर आफनो मस्तिष्कले सुनेका छौ त ?राम्रो सोच अथवा सकरात्मक बन भन्ने वाक्यहरुमाधेरै उर्जाहरु लुकेको हुन्छ। नराम्रो सोच्न थाल्यौ अथवा एउटै कुरा धेरै सोच्न थाल्यौ भने हामीलाई चिन्ता हुन थाल्छ र ती विषयहरुबाहेक हामी अन्य कुरामा ध्यान नै दिन सक्दैनौ तर राम्रो सोच्न थाल्यौ भने हाम्रोे सोचाईँमा राम्रा कुराहरु नै आउँछन्,स्वभाव बदलन्छ, हाम्रा प्रतिक्रियाहरु बेग्लै हुन थाल्छन् ।हामीले राम्रो सोच्ने प्रयास गरिराख्यौ भने विस्तारै राम्रो नै सोच्न थाल्दछौजसको प्रतिक्रिया स्वरुप राम्रो नै हुन्छ ।

खुसी हुन सजिलो पनि छ गाह्राे पनि छ । घर, काम, परिस्थितिहरुले गर्दा हामीले खुसी हुने मौका कम नै पाएका हुन्छौ । साथी भाई अथवा कामको वीच हुने हासो ठट्टामा हुने खुसी होइन हाम्रो मनबाट बिना कुनै कारण पनि ओठमा आउने खुसिले महत्व राख्दछ। आफूलाई प्रेरित गराइरहनका लागि खुसी हुन जरुरी छ । यसका लागि आफूमा विश्वास र एउटा सन्तुष्टिको भावना आफूमा उत्पन्न गराइरहनुपर्छ ।

आफूमा विश्वास अर्थात् आत्मविश्वास नै एउटा अस्त्र हो जसले हामीलाई बचाईराख्छ । हामीमा जति नै विशेषताहरु भएपनि आफूप्रति विश्वास भएन भने त्यसको कुनै महत्व हुदैन । आफू जस्तो छु त्यसमा नै विश्वास गर्ने, आफ्ना लक्ष्यहरु र सपनाहरुलाई विश्वास गर्नुपर्छ ।

एक्लो हुने परिस्थितिहरु हाम्रो जिवनमा आईरहन्छन् र हामीआफूलाई बेसहारा भएको महसुस गर्दछौ, आफ्नो अस्तित्वमा प्रश्न गर्न थाल्दछौ । यस्ता परिस्थितिहरु आईपरे अथवा अहिले परिरहेको छ भने पनि ठीक छ । हिम्मत हार्नुभएन, आत्तिनुपनि भएन किनकी यस्ता परिस्थितिहरुले नै हामीलाई बलियो बनाउँछ ।

अन्तमा आफ्ना परिस्थिति र तितो अनुभवहरुबाट नै हामीले जीवनमा धेरै सिक्न सक्छौ । आफूलाई हरेक दिन प्रेरित गरिरहनु जरुरी छ । यसले हामीलाई बाँच्नका लागि र केही गर्नका लागि निरन्तर प्रेरित गर्नेछ ।

[email protected]

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.