www.tandavnews.com
Fact ~ In search of truth

वोन धर्म पहिचानार्थ पोखरामा स-फुँ-क्ह्याल्स सांस्कृतिक साँझ

पोखरा
ताण्डव न्यूज ।

तमु जातिको मौलिक पहिचान धर्म ‘वोन’को पहिचानार्थ पोखरामा साँस्कृतिक कार्यक्रम हुने भएको छ ।  धर्मको महत्वबारे तमु समुदायभित्र विद्यमान विविध थरीका मिथक र भ्रमहरुलाई हटाई एकीकृत भावनामा बाँधिन आह्वान गर्ने उद्धेश्य सहित कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

कार्यक्रमबारे शनिबार आयोजित पत्रकार सम्मेलनमा आयोजक तमु प्ये ल्हू संघ केन्द्रिय युवा समिति अध्यक्ष सुक बहादुर तमुले ‘हाम्रो अभियान, वोन धर्मको पहिचान’ नारालाई आत्मासात् गर्दै आगामी जनगणना २०७८लाई लक्षित गरि इतिहासमानै पहिलोपटक पृथक तरिकाले कार्यक्रम तय भएको जनाए ।

Batas

यस कार्यक्रमले तमु जातिको मौलिक संस्कार संस्कृतिलाई संरक्षण, सम्बद्र्धन र विकास गर्दै विभिन्न कार्यक्रमहरुमार्फत प्रचारप्रसार गरी विश्वसामु पुर्याइ गण्डकी प्रदेश आन्तरिक भ्रमण वर्ष २०१९, नेपाल भ्रमण वर्ष २०२० र गण्डकी प्रदेश भ्रमण वर्ष २०२२को लागि नेपालमा पर्यटन भित्र्याउन सहयोग गर्ने अध्यक्ष तमुले बताए ।

भदौ २८ गते पोखरा सभागृहमामा मध्यान्ह १ बजेदेखि ४ बजेसम्म आयोजना गरिएको कार्यक्रममा ६० भन्दा बढी कलाकारले प्रस्तुती राख्ने छन् ।

आयोजकका अनुसार कार्यक्रमको अनुमानित खर्च ११ लाख ३० हजार रुपैँया र आम्दानी १६ लाख ५० हजार रहेको छ । प्रवेश शुल्क २ सय र ३ सय निर्धा गरिएको छ ।

कार्यक्रममा स्वागत समितिका कोषाध्यक्ष जीवन तमु र संचालन सुरज तमुले गरेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.