www.tandavnews.com
Fact ~ In search of truth

कपिलवस्तुमा गाउँपालिकाको गाडीमा आगजनी

कपिलवस्तु ।

अज्ञात समुहले कपिलवस्तुको मायादेवी गाउँपालिकाको गाडीमा आगजनी गरिएको छ ।

गाउपालिका अध्यक्ष बजरंगी चौधरीले चढ्ने गरेको लु १ झ ४०० नम्बरको सरकारी गाडीलाई अज्ञात समूहले आगजनी गरेका हुन् ।शनिबार राति सदरमुकाम तौलिहवामा रहेको भाडाको निवास अगाडि पार्किङमा राखिएको गाडीमा राति १०ः५० बजेतिर आगजनी भएको हो ।

आगजनी किन र कसले गरेको भन्ने आफुलाई कुनै जानकारी नभएको अध्यक्ष चौधरीले बताएका छन् । आगजनीका कारण गाडी जलेर पूर्ण रुपमा क्षति भएको छ ।राती नै कपिलवस्तु नगरपालिकाको दमकलले आगो निभाएको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दीप शमशेर जबराले बताए ।

उता दाङको बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वली चढ्ने गाडीमा आगजनी भएको छ ।अज्ञात समूहले आगो लगाउँदा रा १ झ १५२ नम्वरको बोलेरो गाडी पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

गाउँपालिकाको मुर्कटीस्थित वडा नं। ५ को कार्यालय परिसरमा पार्किङ गरेर राखिएको उक्त गाडी कसले र किन आगजनी गरेको हो ? भन्ने कुरा खुल्न नसकेको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.