www.tandavnews.com
Fact ~ In search of truth

बागलुङमा अज्ञात व्यक्तिद्धारा एक दम्पतीको विभत्स हत्या

बागलुङ ।

बागलुङको ढोरपाटन नगरपालिका वडा नं.८ बोबाङमा धारिलो हतियार प्रयोग गरि एक दम्पतीको विभत्स तरिकाले हत्या भएको छ ।

शनिबार राती आफ्नै घरमा बसेका ६८ बर्षिय भानबहादुर विक र उनकी श्रीमती ६० बर्षिया विमा विकको धारिलो हतियार प्रयोग गरि हत्या गरिएको अवस्थामा शव फेला परेको हो । आईतबार विहान भानबहादुरको शव घरको नजिकै मकै बारीमा र श्रीमती विमाको शव घर भित्रै रक्ताम्मे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी झविन्द्रप्रसाद भट्टराईले जानकारी दिए ।

घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका अनुसार दुवै जनाको टाउँकोमा बञ्चरोको प्रयोग गरि हत्या गरिएको बताइएको छ । घटनाको अनुसन्धान भइरहेको र हत्याराको खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अहिले इलाका प्रहरी कार्यालय गल्कोटबाट र जिल्ला प्रहरी कार्यालय बागलुङबाट इन्सपेक्टर नरेन्द्रजंग कार्कीको नेतृत्वका अनुशन्धानको लागि टोली खटाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.