www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा साढे दुई लाखसहित ४० जुवाडे पक्राउ

पोखरा ।

जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले दुई दिनमा विभिन्न चार स्थानबाट जुवा खेली रहेको अवस्थामा ४० जना जुवाडेलाई पक्राउ गरी दुई लाख ५८ हजार ३२० नगदसमेत बरामद गरेको छ ।

पोखरा महानगरपालिका–५ पस्र्याङस्थित विमला श्रेष्ठको घरमा डेरा गरी बस्ने कमला रानाभाटको कोठाबाट चार बुक तास, आठ जना व्यक्तिसहित एक लाख २१ हजार १४० र पोखरा–८ नागढुङ्गास्थित नीरज होटलबाट जुवातास खेली रहेको अवस्थामा सात जना र ६२ हजार ८३५ पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Batas

त्यसैगरी पोखरा ३२ झैरीचोकस्थित रामराज पौडेलको गोठबाट ११ जना र नगद ३२ हजार ८१५ र पोखरा १६ दीपस्थित दुर्गा घलेको घरमा अवैध जुवातास खेलाई रहेको गोप्य सूचनाको आधारमा आठ जनासहित २५ हजार २०० र पोखरा १० रामबजार होटल पर्वतबाट ३६ हजार ३३० र छ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.