
काठमाडौं ।
मुस्लिम धर्मावलम्बीहरुको महान चाड बकर इद आज विश्वभर धुमधामका साथ मनाईंदै छ ।
बकरइद रमजान अर्थात इदउलफित्र पछिको मुस्लिमहरुको यो दोस्रो ठूलो चाड हो ।रमजानको ७० औं दिनमा मनाइने यो पर्वमा अल्लाहलाई खुशी राख्न मुस्लिम समुदायले धर्मअनुसार जायज मानिएका जनावरलाई बली दिने चलन पनि रही आएको छ ।
बली दिइएका पशुको मासु तीन भाग लगाई एक भाग गरीबलाई, अर्को भाग आफना इष्टमित्रलाई, र तेस्रो भाग आफै खाने धार्मिक मान्यता छ ।बकर इद मनाउन आज बिहानैदेखि मुस्लिम समुदायहरु मस्जिदमा भेला भएका छन् ।यसैबीच मुस्लिम समुदायले इदको अवसरमा प्रदेश १, २ र ५ ले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
बकर इदको उपलक्षमा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेताले शुभकामना व्यक्त गरेका छन् ।विभिन्न समुदायका चाडवाड, रितिरिवाज र धर्म संस्कृतिले आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउने नेताहरुको शुभकामनामा उल्लेख छ । रासस
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.