www.tandavnews.com
Fact ~ In search of truth

धार्मिक सहिष्णुता लागि नेपाली समाज एक उदाहरण :अध्यक्ष दाहाल

काठमाडौं ।

Lama collectio News Middle

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्लाम धर्मावलम्बीको महान् पर्व इद–उल–अजहा (बकर इद) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बीमा शुभकामना व्यक्त गरेका छन् ।

इदका अवसरमा आज शुभकामना दिँदै उनले यस पर्वले सम्पूर्ण नेपाली जनसमुदायमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगति ल्याउन सकोस् भनी कामना गरेका छन् ।विविध जातजाति, भाषाभाषी, धर्म संस्कृतिभित्रको एकता नै नेपाल र नेपाली जनताको पहिचान र विशेषता भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले धार्मिक सहिष्णुताको चेतनाका लागि नेपाली समाज एक उदाहरणीय रहेको बताए ।

पुराना सोच, संरचना, मूल्य र मान्यतालाई व्यवहारतः विस्थापित गरी नयाँ सोच, मूल्य, मान्यता र संस्कृति अघि बढाउने चुनौती औँल्याउँदै उनले समाजवादको आधार तयार गर्ने दिशाअनुरुप आफूलाई परिस्कृत गर्न सम्पूर्ण देशवासीमा आह्वान गरेका छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop