
काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किएका छन् ।
गत शुक्रबार नै स्वदेश फर्किने भनिए पनि समय तालिका पटकपटक सार्दै ओली आज ९ दिनको दिनमा स्वदेश फर्केका हुन् ।
उपचारका लागि सिंगापुर गएका ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको रिपोर्टले जनाएको छ ।
त्रिभुवन विमानस्थलमा उनलाई उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, बामदेव गौतमलगायतले स्वागत गरेका हुन्।
ओली गत साउन १८ गते उपचारका लागि सिगांपुर गएका थिए ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.