
पोखरा,
ताण्डव न्यूज ।
पोखरा महानगरपालिका वडा नम्बर १५ का सदस्य तोरण बानियाँले विद्यार्थीलाई छात्रावृत्ति प्रदान गरेका छन्।
जिल्ला समन्वय समितिका सदस्य समेत रहेका बाँनियाँले पोखरा २१, निर्मलपोखरी स्थित जनचेतन उमावि र फुकुओका माविका गरि १५ जना विद्यार्थीलाई जनही ५ हजार रुपैयाँ एक कार्यक्रमका बिच सोमबार प्रदान गरे ।बानियाँले आफुले पाउँदै आएको सेवा शुल्क शिक्षा क्षेत्रमा सहयोग गरेका हुन् ।

कार्यक्रममा नेकपा गण्डकी प्रदेशका सहइन्चार्ज तथा पूर्व स्वास्थ्यमन्त्री सांसद खगराज अधिकारीले शिक्षा मौलिक हकको रुपमा रहेकाले कोही बञ्चित हुन नपर्ने बताए ।अधिकारीले सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीलार्य लोकसेवा आयोगमा प्राथमिकता दिनुपर्नेमा जोड दिए ।सहयोगदाता बानियाँले मानिसले आफ्नो लागि भन्दा अरुको लागि सोच्नु नै धर्म रहेको बताए ।
बानियाँले चुनावकै बेला घोषणा गरे अनुसार आफुले पाउने सेवा सुविधा सामाजिक क्षेत्रमा प्रदान गर्दै आएको बताए ।
जनचेतना उच्च मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणदत्त अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा कास्की जिल्ला समन्वय समितिका उपप्रमुख सावित्री भण्डारी, पोखरामहानगरपालिका वडा नं २१ का अध्यक्ष खगराज अधिकारी, जनचेतना उच्च माविका प्राचार्य निर्मल बहादुर अधिकारी क्षेत्रीले बोलेका थिए भने कार्यक्रमको संचालन कास्की जिल्ला समन्वय समितिका सदस्य सितादेवी विकले गरेको जनप्रिय बहुमुखी क्याम्पसका विद्यार्थी नेता विनोद भण्डारीले जानकारी दिए ।
यसअघि पनि सदस्य बानियाँले पोखरा–१० रामबजारमा रहेको ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयमा २५ हजार , पोखरा–१५ मा रहेको स्यानी पाटन बहुउद्देशीय भवन निर्माणको लागि २१ हजार ६ सय , पोखरा–१५ मा रहेको श्री सिद्ध मावि अक्षयकोषका लागी १२ हजार ५ सय, पोखरा–१७ की मैना विकको घर निर्माणको लागि ११ हजार ४ सय र पोखरा–१५ गण्डकी रिभर साइड युवा क्लबको भवन निर्माणका ११ हजार ४ सय दिएका थिए ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.