
काठमाडौं ।
काठमाडौं महानगरपालिकाकै मुख्य कार्यालयमा लगी बलात्कार गरेको आरोपमा महानगरकै कर्मचारी पक्राउ परेका छन् ।
बालिका बलात्कारको आरोपमा महानगरपालिकामा कार्यरत कुचीकार प्रमुख बाबुराजा पुजारीलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

काठमाडौं महानगरपालिका –१७ बस्ने ५२ वर्षीय पुजारीले ११ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोप लागेको प्रहरीले जनाएको छ ।
प्रकाउ परेका पुजारीमाथि अदालतबाट सात दिनको म्याद थप गरिएको जनाइएको छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.