
पोखरा,
ताण्डव न्यूज ।
भोली परेको ट्होटे पर्वको अवसरमा पोखरामहानगरमा विदाको घोषणा गरिएको छ ।
लोप हुन लागेको सांस्कृतिक पर्वलाई संरक्षण गर्नका लागि सहयोग स्वरुप तमुधिं नेपाल केन्द्रिय कार्यालय पोखराको आग्रहमा पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालय शैक्षिक प्रशासन महाशाखा गण्डकी प्रदेश, कास्कीले एक सुचना जारी गर्दै विद्यालय विदाको घोषणा गरेको हो ।
पोखरा महानगरपालिकाको शिक्षा नियमावली २०७४को नियम ६६ को उपनियम ३ मा विद्यालय व्यवस्थापन समितिले एक शैक्षिक सत्रमा ५ दिन सम्म स्थानिय बिदा दिन सक्ने व्यवस्था भएको उल्लेख गर्दै भोली महानगरपालिका स्थित सम्पुर्ण विद्यालयहरुलाई बिदा दिई सहयोग गर्न अनुरोध गरिएको छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.