
पोखरा ।
गोरखाको मनकामना बहिरा माध्यमिक विद्यालयका भान्छे मृत भेटिएका छन् ।
गोरखा नगरपालिका १० टक्सारमा रहेको उक्त विद्यालयमा लामोसमय देखि भान्छेको रुपमा कार्यरत श्यामहरि घिमिरे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी महेन्द्र नेपालले जानकारी दिए ।
सुस्त श्रवण भएका, तथा बहिरा मात्रै अध्ययन गर्ने उक्त विद्यालयमा आइतबार साँझ विद्यार्थीलाई खाना खुवाएर घर हिँडेका उनी घर नै नपुगेको परिवारलाई उदृत गर्दै गोरखा प्रहरीले जनाएको छ । घिमिरे आफैँ पनि सुस्त श्रवण भएका ब्यक्ति हुन् ।

उनी विद्यालय नजिकैको जंगलमा मृत भेटिएका हुन् । ‘विद्यालय नजिकैको जंगलमा उनको शव भेटियो,’ डिएसपी नेपालले भने, ‘हिजो देखि नै उनी घर नआएका रहेछन् । टाउको र खुट्टामा चोट लागेको देखिएको छ ।’
परिवारका सदस्यहरुले उनको हत्या भएको संका गरेका छन् । घटनाको अनुसन्धान भइरहेको डिएसपी नेपालले बताए ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.