www.tandavnews.com
Fact ~ In search of truth

सुनको भाउ उकालो लाग्ने क्रम रोकिएन, बढेर ७१ हजार

काठमाडौं ।

 

सुनको भाउ उकालो लाग्ने क्रम रोकिएको छैन्।

आज सुनको भाउ हिजोको तुलनामा १ हजार रुपैयाँले बढेको छ । हिजो ७० हजारमा किनबेच भएको सुनको भाउ आज ७१ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Batas

महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ७१ हजार, तेजाबी सुनको मुल्य प्रतितोला ७० हजार ७ सय रुपैयाँमा रहेको छ । तेजाबी सुनको मुल्य पनि आज १ हजारले बढेको छ ।

त्यस्तै चाँदी प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । आजको भाउ अहिलेसम्मकै उच्च भएको महाँसंघले जनाएको छ ।
सुन चाँदीको भाउ बढेसँगै बजारमा सुन किन्नेको संख्या घट्दै गएको छ भने बिक्रेताको भी लाग्न थालेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्दा त्यसको असर नेपालमा पनि परेको हो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.