www.tandavnews.com
Fact ~ In search of truth

देशभर चोरीका घटना बढ्यो

काठमाडौं ।

देशभर चोरीका घटनामा वृद्धि भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७५÷७६ मा चोरीका घटनामा दुई हजार ६४६ व्यक्ति विरुद्द मुद्दा दायर गरेको हो ।

मुद्दा दायर भएकामध्ये साधारण चोरीमा धेरै रहेको छ । साधारण चोरीमा दुई हजार १४२ जना विरुद्ध मुद्दा दायर गरिएको छ । यस्तै, डाँका चोरी १९९, नकबजनी चोरी १५५, सवारी चोरी १२३, चौपाया चोरी ११, पुरातात्विक चोरी चार र रहजनी चोरीमा तीन जना विरुद्ध मुद्दा दायर गरिएको हो ।

Batas

केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले रातिको समयमा भन्दा दिउँसोको समयमा बढी चोरी हुने गरेको बताउछन् । “दिउँसो घरमा कोही नभएको अवस्था पारेर धेरै चोरी हुने गरेको छ”, उनी भन्छन् ।

प्रहरीले आर्थिक वर्ष २०७४÷७५ मा चोरीका घटनामा एक हजार ६२८ व्यक्तिविरुद्ध मुद्दा दायर गरेको थियो ।

उपत्यकामा ८८८ विरुद्ध मुद्दा दायर

काठमाडौँ उपत्यकामा चोरीका घटनामा ८८८ व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ । उपत्यकामा आर्थिक वर्ष २०७५÷७६ मा उक्त व्यक्तिविरुद्ध मुद्दा दायर भएको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले दिएको जानकारीअनुसार काठमाडौँ, भक्तपुर र ललितपुरमा साधारण चोरीमा ६७९, मोटरसाइकल चोरीमा ५१, नकबजनी चोरीमा ३६, डाँका चोरीमा ८७ जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।

कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले विगतका वर्षहरुमा भन्दा उपत्यकामा सङ्गठित रुपमा हुने चोरीका घटनामा कमी आएपनि साधारण चोरीका घटनामा भने कम नआएको बताउछन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.