www.tandavnews.com
Fact ~ In search of truth

प्रगतिको कागज र समीक्षामा हैन कार्यक्षेत्रमा हनुपर्यो :मन्त्री राई

विराटनगर ।

 

 

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गत आर्थिक वर्षमा अनुमान गरिएका लक्ष्य र प्रगति हासिल भएको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आर्थिक वर्ष २०७५÷७६ को मन्त्रालयगत समीक्षा तथा आर्थिक वर्ष २०७६÷७७ को बजेट कार्यान्वयन योजना प्रस्तुत कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

यस किसिमको समीक्षा पहिलो पटक भएको उल्लेख गर्दै मुख्यमन्त्री राईले हाम्रो प्रगतिको कुरा कागज तथा समीक्षामा मात्र सीमित नभएर कार्यक्षेत्रमा पनि हुनुपर्ने र यसका लागि अनुगमन, कामको गुणस्तरको जाँच, नियमितता र पारदर्शीता हुनुपर्नेमा जोड दिए ।

Batas

गएको वर्षमा कर्मचारी तथा नियम कानून र निर्देशिकाको अभावका साथै संरचनागत कार्यालय नभएका कारण प्रगति उल्लेखनीय हुन नसकेको भन्ने छुट नयाँ आर्थिक वर्षमा नपाइने भन्दै उहाँले चालू आवको बजेटको कार्यान्वयन निर्देशिका पनि तयार गरिने जानकारी दिए ।

मुख्यमन्त्री राईले चालू आर्थिक वर्षमा ठेक्कापट्टामा लाग्ने बोलपत्र असोज महीनाभित्र सक्न र कात्तिकबाट काम शुरु गर्न मातहतका सबै मन्त्रालय, निर्देशनालय, महाशखाका प्रमुखलाई निर्देशन दिँदै असारे विकासको मनस्थिति त्याग्न आग्रह गरे ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बो, सामाजिक विकासमन्त्री जीवन घिमिरे, मुख्यसचिव सुरेश अधिकारी, मन्त्रालयका सचिव, निर्देशनालयका निर्देशक र महाशखाका प्रमुखको सहभागिता थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.