www.tandavnews.com
Fact ~ In search of truth

बागलुङ बोबाङ दम्पती हत्या प्रकरणः शंकास्पद ३ जना पक्राउ

बागलुङ ।

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–८ बोबाङमा एक दम्पतीको हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय बागलुङले शंकास्पद ३ जनालाई पक्राउ गरेको छ ।

गत शनिबार साउन २५ गते राती बोबाङ अङगरे विराउनी बस्ने ६४ बर्षिय भानबहादुर कामी र उनकी श्रीमती ६० बर्षिया विमा कामीको धारिलो हतियार प्रयोग गरी हत्या गरेको आशंकामा ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक नरेन्द्रजंग कार्कीको नेतृत्वमा खटिएको अनुशन्धान टोलीले शंकास्पद ३ जना व्यक्तिहरुलाई पक्राउ गरि थप अनुशन्धानको लागि जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याउँदै गरेको हो ।

‘हत्याको आशंकामा ३ जना व्यक्तिहरुलाई पक्राउ गरि जिल्लामा ल्याइदै छ,’ जिल्ला प्रहरी कार्यालयका डिएसपि झविन्द्रप्रसाद भट्टराईले भने–‘पक्राउ गरेका व्यक्तिहरुलाई थप अनुशन्धानपछि हत्या गरेको वा नगरेको थाहा लाग्नेछ ।’ उनले ३ जनालाई पक्राउ गरेपनि हत्याको आशंकामा धेरै कोडबाट अनुसन्धान भइरहेको जानकारी दिए ।

आईतबार विहान भानबहादुरको शव घर तलको मकै बारीमा भेटिएको थियो भने विमाको शव आफ्नै घरभित्रै विभत्स अवस्थामा रहेको थियो । कामी दम्पति मृत अवस्थामा भेला परे पछि स्थानीयले आईतबार विहान प्रहरीलाई खबर गरेका थिए ।

हत्या गरिएको स्थान बोबाङमा बस्दै आएका उनीहरुको घर एकान्त ठाउँमा रहेको छ । मृतक कामीका भाई र भाइका माइतिको घर केही नजिक छ तर ति दुई दम्पति बस्ने ठाउँदेखि २५-३० मिनेट लाग्ने देखिएको छ । मृतक कामीका छोरा बुहारी ढोरपाटनमा बस्दै आएका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.