www.tandavnews.com
Fact ~ In search of truth

बागलुङमा दुव्यर्सनीविरुद्ध ‘आमासँग प्रहरी कार्यक्रम’

बागलुङ ।

जिल्ला प्रहरी कार्यालय बागलुङले दुव्यर्सनीविरुद्ध ‘आमासँग प्रहरी कार्यक्रम’ शुरु गरेको छ । समुदाय–प्रहरी साझेदारीअन्तर्गत सञ्चालन हुने कार्यक्रमको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले मङ्गलबार शुभारम्भ गरे ।

सो अवसरमा प्रजिअ क्षेत्रीले सभ्य, सुसंस्कृत र उन्नत समाज निर्माणका लागि कार्यक्रमले सघाउने विश्वास व्यक्त गरे । उनले लागुऔषध दुव्यर्सनीविरुद्ध सबै एकजुट हुनपर्ने धारणा राखे ।लागुऔषध दुव्यर्सनीरहित जिल्ला बनाउने उद्देश्यले कार्यक्रम शुरु गरिएको जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले बताए ।

“सचेतनामूलक अभियानलाई थप प्रभावकारी र जनमुखी बनाउन आमासँग प्रहरी कार्यक्रम सञ्चालन गरिएको हो”, उनले भने । घरकै सदस्यमा दुव्यर्सनीको समस्या भए नलुकाउने, गोप्य सूचना दिनेजस्ता कुरामा आमाहरुले सघाउने प्रहरीको विश्वास छ ।

“दुव्यर्सनीको पीडा शुरुमा आमा र परिवारलाई पर्ने हुँदा अभियानमा आमाहरुबाट सकारात्मक सहयोग मिल्नेमा हामी विश्वस्त छौँ”, प्रहरी उपरीक्षक भट्टले भने । प्रहरीले लागुपदार्थ सेवन गरे÷नगरेको जाँच्न ‘किट’ प्रयोगमा ल्याएकाले त्यस्तो जाँचमा पनि अभिभावकले सघाउनुपर्ने जनाएको छ ।

प्रहरीले सामान्य अवस्थाका लागुऔषध प्रयोगकर्तालाई सचेत बनाएर पठाउने गरेको छ । लामो समयदेखि दुव्र्यसनीमा फसेकालाई भने उपचारका लागि पुनःस्थापनागृहसम्म पठाउने गरेको छ ।सेवनसँगै किनबेच र ओसारपसारमा संलग्न भएकालाई भने कानूनअनुसार कारवाही गर्ने गरिएको छ । बागलुङ नगरपालिका वडा नं ३ का अध्यक्ष लक्ष्मी बाँस्कोटाले दुव्र्यसनी रोक्नु स्थानीय तहको पनि दायित्व हो भने ।

दुव्यर्सनीमा फसेका बालबालिका, युवालाई त्यसबाट मुक्त गर्न आमाहरु सबैभन्दा सहज र प्रभावकारी माध्यम हुनसक्ने उनको भनाइ छ । कार्यक्रममा बोल्ने वक्ताहरुले समुदायको सहयोग र सहभागिताबिना कार्यक्रम सफल नहुने विचार राखेका थिए ।

कार्यक्रम शुभारम्भकै अवसरमा जिल्लास्थित आदर्श सञ्चार सहकारी संस्था लिमिटेडले प्रहरीलाई लागुपदार्थ सेवन (लापसे) जाँचका लागि २० थान ‘किट’ प्रदान गरेको थियो । प्रहरीले हालै मात्र बागलुङमा ‘लापसे’ जाँचको अभियान थालेको हो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.