
माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।
गत वर्ष जेठ २ गते पोखरा १२को वडा कार्यलय चोरी भयो । त्यसको २ महिनापछि साउनमा पोखरा १५ , मंसीर २९ गते पोखरा १४, पौष १५ गते पोखरा २९, माघ ९ गते पोखरा ५, फागुन २३ गते पोखरा १३ र चैत ९ गते पोखरा १६को वडा कार्यालयमा चोरी भएका थिए ।
०७५ जेठ देखि सुरुभएको वडा कार्यालयमा चोरी हुने क्रम ०७६मा पनि जारी रह्यो । यसै वर्ष बैशाख १८ गते पोखरा १९, जेठ २२ गते पोखरा ३१, असार १३ गते पोखरा २५ र साउन २१ गते पोखरा ६का वडा कार्यालय पनि चोरी भए ।

यि वडा कार्यालयबाट एकै प्रकृतिका सामाग्रीहरु चोरी हुन्थे । मनिटर, सिपियू, ल्यापटप लगायतका समाग्री । यसरी सिरियल रुपमा वडा कार्यालय चोरी हुन थालेपछि कास्की प्रहरीले विशेष अनुसन्धान सुरु गर्यो ।
अनुसन्धानकै क्रममा काठमाडौँ घर भई पोखरा १० कालिकाचोक बस्ने किशोर थापामाथी कडा निगरानी राखेको प्रहरीले सोधपुछका लागि पक्राउ गर्यो । सोधपुछका क्रममा थापाले वडा कार्यालय चोरेको कुरा स्वीकारे । चोरीएका सामान समेत बरामद भयो ।
थापाले सामान चोरेर काठमाडौँ लगेर विक्री गर्ने सुनाएपछि, प्रहरीले सामान किन्नेलाई समेत पक्राउ गर्न सफल भएको छ ।
काठमाडौँ १४ कलंकीमा ‘कम्प्यूटर सोलुसन’ नामक पसलका संचालक रुपचन्द्र गोपालीले थापाले चोरेका सामान किन्ने रहेछन् । गोपाली मकवानपुर जिल्ला स्थित थाहा नगरपालिका वडा नं १२का हुन् ।
पछिल्लो समय वडा कार्यालयलाई तार्गेटमा राखेर चोरी गरेका थापाले ०४६ देखि ०५१ साल सम्म डाका चोरी मुद्धामा काठमाडौं केन्द्य्रिय कारागारमा जेल सजाय भोगेका थिए । पुनः ०७१ देखि ०७४सम्म केन्द्रिय कारागारमै सजाय भुक्तान गरे ।
सजाय भोगेपनि उनले चोरी गर्न छाडेनन् । सजिलोसँग चोरी गर्न सकिने हेतुले वडा कार्यालय रोजे । वडा कार्यालयमा सुरक्षा गार्ड नहुने भएकाले चोरीका लागि तार्गेट गरे ।
चोरी गरेर नजिकैको बन्दै गरेको घरमा लुकिछिपि बस्ने र बिहानै काठमाडौंको बस चढी जेब्रा झोलामा सामान राखी लैजाने गरेको जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख तथा एसपी दानबहादुर कार्कीले बताए ।
पक्राउ परेका थापालाई चोरी तथा डाँका सम्बन्धी कसुर मुद्धामा जिल्ला अदालत कास्कीमा मुद्धा दर्ता गरि वडा प्रहरी कार्या बैदामको हिरासमा राखि थप अनुसन्धान भएरहेको एसपी कार्कीले सुनाए ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.