
काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफु १५ वर्ष अघि विरामी भएको भन्दै अहिले आफु स्वस्थ रहेको बताएका छन् ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा ओलीलाई भेट्न पुगेका झापाका जनप्रतिनिधिसँग प्रधानमन्त्री ओलीले अहिले आफु पुर्ण रुपमा स्वस्थ रहेको बताएका हुन् । केही सञ्चारमाध्यममा ओलीको स्वास्थ्य अवस्था बारे आएको समाचार हल्ला मात्र भएको भन्दै उनले आफु स्वस्थ रहेको बताए ।
हिजो ९९ डिग्री ज्वरो आएर आराम गर्दा बाहिर ओलीको स्वास्थ्य बिग्रिदै भन्दै हाँगा हालेर खबर आएको भन्दै ओलीले भने,‘म १५ वर्षअघि बिरामी थिएँ, अहिले होइन’।ओली सिगांपुर पुगी स्वास्थ्य परिक्षण गरेर गत सोमबार मात्रै स्वदेश फर्किएका थिए ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.