www.tandavnews.com
Fact ~ In search of truth

बाघमारामा तीज महोत्सव तथा स्व. रबिन्द्र स्मृति पुरुष भलिबल प्रतियोगिता

पोखरा
ताण्डव न्यूज ।

पोखरा ३३ बाघमारामा तीज महोत्सव हुने भएको छ । बागमारा युवा संगम समूहको आयोजनामा महोत्सव सहित भलिबल प्रतियोगिता हुने भएको हो ।

हिन्दू नारीहरुको महान चाड तीजको अवसरमा महोत्सव सँगै स्व. रबिन्द्र अधिकारीको स्मृतिमा पुरुष भलिबल समेत आयोजना हुन लागेको हो । १२ टिमको सहभागीता रहने खेलमा प्रथम हुनेले २० हजार नगर प्राप्त गर्नेछन् ।

Batas

महोत्सवमा तीज गित प्रतियोगितासँगै घैटो फुटाउने , डोरी तान्ने, छेलो हान्ने खेल पनि समावेश गरिएको छ । तीज गित प्रतियोगितामा प्रथम हुनेले १५ हजार नगद गर्नेछन् । अन्य खेलका विजेतालाई पनि नगदसँगै विविध पुरस्कारको व्यवस्था गरिएको आयोजकले बताए ।

भदौ १४ देखि १६ गतेसम्म विहान ११ बजेदेखि महोत्सव सुरु हुने छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.