www.tandavnews.com
Fact ~ In search of truth

नेकपाको गण्डकी प्रदेश इन्चार्जमा किरण गुरुङ र यशोदा सुबेदी

पोखरा ।

नेपाल कम्युनिस्ट पार्टीले सातवटा प्रदेश कमिटीमा सहइन्चार्ज थप गरेको छ। नेकपाको शुक्रबार प्रधानमन्त्री तथा पार्टी अध्यक्षको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सातवटै प्रदेशमा दुई-दुई सहइन्चार्ज थप गरेको हो।
थपिएका सहइन्चार्जको नामावली यसप्रकार छः

गण्डकी प्रदेश किरण गुरुङ र यशोदा सुवेदी गुरुङ
प्रदेश १: शेरधन राई र नरेश खरेल
प्रदेश २:नागेन्द्र चौधरी र महेन्द्र पासवान
प्रदेश ३: हितमान शाक्य र काशीनाथ अधिकारी
प्रदेश ५: वैजनाथ चौधरी र कुलबहादुर केसी
कर्णाली प्रदेश: कालीबहादुर मल्ल र प्रकाश ज्वाला
सुदूरपश्चिम प्रदेश: खगराज भट्ट र भानुभक्त जैसी

Batas

यसरी सहइन्चार्ज बन्ने मध्ये दुई जना सम्बन्धित प्रदेशका मुख्यमन्त्री पनि हुन्। प्रदेश १ मा सहइन्चार्ज तोकिएका राई र गण्डकी प्रदेशको सहइन्चार्ज बनेका गुरु मुख्यमन्त्री हुन्। नेकपाको आज बसेको सचिवालय बैठकले ३३ विभाग प्रमुखको टुंगो लगाएको छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.