www.tandavnews.com
Fact ~ In search of truth

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा दुई बर्षदेखि सिटी स्क्यान ठप्प

सेवाग्राही महंगो शुल्कमा उपचार गर्न बाध्य

बिनिता सुनार,
पोखरा / ताण्डव न्यूज ।

पोखरामा रहेको पश्चिमाञ्ल क्षेत्रीय अस्पतालको सिटि स्क्यान मेसिन दुई बर्षदेखि ठप्प भएको छ ।

गण्डकी प्रदेशकै सबैभन्दा ठुलो अस्पताल पोखरा स्वास्थ्य विज्ञान पश्चिमाञ्चल क्षेत्रीयअस्पतालमा सिटी स्क्यान मेसिन बिग्रिदाँ सेवाग्राहीहरुले महंगो शुल्कमा बाहिर उपचार गर्न बाध्य भएका छन ।

Batas

पोखराकै पुरानो सरकारी अस्पतालको यस्तो समस्याले बिरामीको उपचारमा समेत निकै प्रभाव परेको देखिन्छ । अस्पतालमा रहेको सिटी स्क्यान मेसिन मर्मत हुन नसक्दा दिनहुँ जसो बिरामीहरुलाई फर्काउनु परेको डाक्टरहरुको गुनासो छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल गण्डकीका मेडिकल प्रमुख तथा कर्मचारी युनियनका अध्यक्ष डाक्टर ढाकाकुमार श्रेष्ठले दुई बर्ष भए पनि अझै सिटी स्क्यान मेसिन मर्मत हुन नसकेको बताए।‘त्यसको लागि हामीले पनि धेरै पटक पहल गरेका छौ,’ उनले भने, ‘मेसिनको लागि प्रशासनले नै बनाउन नचाहेको जस्तो देखिन्छ ।’

सिटी स्क्यान गर्न अस्पताल पुग्ने बिरामी अहिले बाहिर जान बाध्य भएका छन् भने अस्पतालको ठुलो आम्दानीको स्रोत गुमेको छ। श्रेष्ठले भने, ‘मेसिन मर्मत नहुँदा सिटी स्क्यान गर्न बाहिर जाने बिरामीहरुले दोब्बर शुल्क तिर्न बाध्य भएका छन । ‘हाम्रोमा २ हजार देखि २५ सय रुपैयाँसम्ममा सिटी स्क्यान गरिन्थ्यो, बाहिर ४ हजार देखि ४५ सय सम्म तिर्नुपर्ने हुन्छ। ’

‘गण्डकी प्रदेशकै पुरानो अस्पतालमा सिटी स्क्यान मेसिन नहुँदा गरिब जनाताहरु मर्कामा परेको श्रेष्ठले बताए।‘अस्पतालका अन्य समस्याहरु पनि धेरै छन, तर यो समस्या अहिले सम्म पनि समाधान हुन सकेको छैन ।’ उनले भने ।

इमरजेन्सी केसमै समेत विरामीलाई सिटी स्क्यान गराउन वाहिर लानुपर्ने बाध्यताले सेवा ग्राहि निकै मर्का पर्ने गरेको उनले बताए ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले सिटी स्क्यानको बिषयमा मन्त्रालयबाट नै प्रक्रिया अगाडी नबढेको हुनाले ढिलो हुन पुगेको बताए । ‘यो सरकारी अस्पताल हो यसको लागि हामीले आफ्नो तरिकाबाट काम गरेर हुदैन,’उनले भने, ‘सिटी स्क्यानको लागि सबै रिपोर्ट तयार छ, तर प्रक्रिया अगाडि बढेको थिएन।’

सिटी स्क्यानको लागि सुरुदेखि नै मन्त्रालयमा दबाव दिए पनि यसका लागि ठुलो रकम चाहिने हुनाले सिटी स्क्यान राख्न नसके र सहयोगको लागि मन्त्रालयलाई आग्रह गर्दा कुनै प्रतिक्रया नआउँदा सिटी स्क्यान जडानको काम रोकिएको उनले बताए ।

निर्देशक आर्चायको अनुसार असारको पहिलो हप्ताबाट मेसिन किन्नको पक्रिया अगाडि बढदैछ। ‘मेसिनलाई बनाउनु भन्दा नयाँ मेसिन ल्याउनु नै उपयुक्त हुने बताइएको छ , त्यसैले मेसिन किन्ने प्रक्रिया अघि बढ्दैछ ।’ उनले भने

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.