www.tandavnews.com
Fact ~ In search of truth

नवलपुर : तस्करको सेटिङमा वन फडानी, कारवाहीको डरले गाउँ नै खाली

कावासोती
ताण्डव न्यूज ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–५, धुरकोटमा रहेको तालदेवी सामुदायिक वनमा अनाधिकृत रुपमा वन फडानी भएको छ । सामुदायिक वन हुदै खगरा गाउँ जाने बाटोको दाया–बायाँ व्यापक वन फडानी भएको हो । विभिन्न प्रजातिका ८० भन्दा बढी रुख काटिएका छन् ।

सामुदायिक वनका पदाधिकारी र स्थानीय जन प्रतिनिधिको प्रत्यक्ष मिलिमतोमा करिव एक महिना अगाडी देखि वन फडानी भएको स्थानीय उपभोक्ताको आरोप छ । वन तस्करको सेटिङ र वन कार्यालय समेतको सहमतिमा रुख काटिएको स्थानीय उपभोक्ताले आरोप लगाए ।

Batas

“एक महिना अगाडी देखि वन फडानी हुदा“ समेत वन कर्मचारीहरुले थाहा नपाउने हुन्छ” ति उपभोक्ताले भने– “तस्करको सेटिड्ड र वन कार्यालयको मौन सहमति विना यत्रो रुख काट्ने हिम्मत कहाँबाट आउछ ।”

एक महिना अगाडी देखि वन फडानी भएपनि स्थानीय उपभोक्ताले डिभिजन वन कार्यालयमा फोन गरेर नै उजुरी गरेपछि मात्रै डिभिजन वन अधिकृत पूर्णेश्वर सुवेदी सहितको टोलि आइतबार सो स्थानमा अनुगमनको लागि पुगेको थियो । वन फडानी भएको क्षेत्र सव–डिभिजन वन कार्यालय सर्दीको कार्य क्षेत्र भित्र पर्छ ।

खगरा गाउँबाट सव डिभिजन वन कार्यालय सर्दी १० किलोमिटरको दुरीमा छ । तर, त्यस अगाडी अनुगमनको लागि त्यहाँबाट कुनै कर्मचारी सो स्थानमा पुगेका थिएनन् ।

सव डिभिजन वन कार्यालय सर्दीका प्रमुख अमृत ज्ञवालीले डिभिजन वन कार्यालय नवलपुरबाट जानकारी आएपछि मात्रै वन फडानी भएको थाहा पाएको बताए । यस अघि सो सामुदायिक वनले ढलापढा रुखहरुको समेत सदुपयोग नगरेकाले त्यस तर्फ ध्यान नगएको उनले बताए ।

आईतबार गरिएको सर्वेक्षणमा ७९ वटा रुख कटान भएको भेटिएकोमा सोमबार थप ३ वटा रुख कटान भएको अवस्था फेला परेका छन् । चार सय ९१ हेक्टर क्षेत्रफलमा फैलिएको सो सामुदायिक वनको सबै क्षेत्रमा अनुमगन गर्न बाँकी छ । रुखको संख्या अझै बढ्न सक्ने सव–डिभिजन वन कार्यालयका प्रमुख ज्ञवालीले बताए । खाल, कमर, भलायो, जामुन र अस्ना प्रजातिका रुखहरु कटान भएको उनले बताए ।

रुख फडानीमा बन्चरोको प्रयोग भएको देखिन्छ भने केह स्थानमा डोजर (जेसिभि) को समेत प्रयोग भएको छ । वन फडानीको क्रममा प्रयोग भएको डोजर वडा अध्यक्ष रन बहादुर झेडी को भाई दुर्गा झेडीको रहेको स्थानीयले बताए । सामुदायिक वनका सचिव जय बहादुर बाह्रघरे र एक जना सदस्य खगरा गाउँका स्थानीय नै हुन । सोही बाटो हुदै उनिहरु दैनिक रुपमा आवतजावत गर्छन् । तर, रुख कटानको बारेमा भने अनविज्ञता देखाउछन् ।

वडा अध्यक्ष रन बहादुर झेडीसंग सम्पर्क गर्दा आपैmमा बाभ्mने कुरा गर्छन् । डिभिजन वन कार्यालयबाट अनुगमनको लागि आए पस्चात मात्रै रुख कटान बारे आफुलाई जानकारी भएको बताउने उनले रुख कटान गलत मनसायले भने नभएको बताए ।

रुख कटान भएपनि कुनै पनि अपचलन नभएको उनको तर्क छ । यस आर्थिक वर्षमा खगरा गाउँ जोड्ने सडक र विद्युतिकरणको लागि वडाबाट ८ लाख बजेट बिनियोजन गरेको छ । सडक बिस्तार र विद्युतिकरणको लागि रुख कटान भएको बताएका वडा अध्यक्षले रुख कटान कस्ले गरेको हो भन्ने प्रश्नमा भने आफुलाई थाहा नभएको बताए ।

सामुदायिक वनका अध्यक्ष दिपक जिसीसंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

सामुदायिक वनका पूर्व अध्यक्ष चक्रपाणी तिमिल्सेनाले रुख कटान गर्नेलाई कानुन अनुसार कारवाही गर्नु पर्ने बताए । डिभिजन वन अधिकृत पूर्णेश्वर सुवेदीसंग सम्पर्क गर्दा कटान भएको रुखको संरक्षणको जिम्मा आप्mनो भएको बताए पनि रुख कटान गर्नेको पहिचान र गिरप्mतारमा डिभिजन वन कार्यालयले तदरुकता नदेखाएको उनले बताए ।

एक महिनाको अवधि सम्म वन फडानी हुदा समेत चासो नदिनु, घटना सार्वजनिक भएको ४ दिन हुदा समेत सामुदायिक वनका पदाधिकारी वा संलग्न कसैलाई पनि गिरप्mतार नगर्नुले वन कार्यालयका कर्मचारीको संलग्नतालाई थप पुष्टि गर्ने उपभोक्ताहरुको आरोप छ ।

डिभिजन वन अधिकृत सुवेदीले वन फडानी सम्बन्धमा अनुसन्धान भइरहेको हुदा“ अहिले नै के हो भन्न सक्ने अवस्थामा आफु नरहेको बताउदै यस बारेमा थप बुभ्mन सहायक वन अधिकृत कृष्ण बहादुर देवकोटालाई सम्पर्क गर्न भन्दै आफु तर्किए ।

सहायक वन अधिकृत देवकोटाले कटान भएको रुखको विवरण संकलन गर्ने काम भईरहेको बताए । ठुलो परिमाणमा रुख कटान हुदा“ समेत सामुदायिक वनका पदाधिकारीले आफु पनि केही नगर्ने र सम्बन्धित वन कार्यालयमा समेत जानकारी नगराउनुले उनिहरुको संलग्नता भएको हुन सक्ने आशंका व्यक्त गरे । तर, सम्पूर्ण अनुसन्धान पस्चात मात्रै त्यसबारेमा बिस्तृत जानकारी गराउन सक्ने उनको भनाईछ ।

सोमबार सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको टोलि स्थलगत अध्ययनको लागि धुरकोट पुगेको थियो ।

स्थलगत अध्ययन पस्चात जिल्ला अध्यक्ष ठाकुर प्रसाद पाण्डेले घटनाको सत्यतथ्य विवरण तत्काल सार्वजनिक गर्न माग गरे । उनले घटनामा संलग्न जो कोही भएपनि कारवाही गर्नु पर्ने बताए । उनले पछिल्लो दिनमा जिल्लाको हुप्सेकोट, विनयी त्रिवेणी सहित विभिन्न स्थानमा भएका वन फडानीको घटनामा डिभिजन वन कार्यालयले वेवास्था गर्दा वन फडानी झन् बढ्ने हो कि भन्ने चिन्ता व्यक्त गरे ।
यसअघि जिल्लाको हुप्सेकोट गाउ“पालिकाका चार वटा सामुदायिक वनहरुमा समेत अनाधिकृत रुपमा रुख ढालिएका थिए ।

खगरा गाउँ नै खालि

रुख कटान सम्बन्धि रिपोर्टिड्ड को लागि सोमबार विनयी त्रिवेणी गाउँपालिका–५ को खगरा गाउँ पुग्दा पुरै गाउँ नै खालि थियो । करिव ४० घर परिवार रहेको सो गाउँका सबै घरमा ताला लागेका छन् । रुख कटान भएको क्षेत्र हुदै खगरा गाउँ पुगिन्छ । खगरा गाउँ पुग्ने सडकको दयाँ–बायाँ दुवै तर्फका रुख काटिएका छन् ।

आईतबार अनुगमनको क्रममा खगरा जाँदा समेत गाउँमा कोही नभेटिएको सव डिभिजन वन कार्यालय सर्दिका प्रमुख ज्ञवालीले बताए । वन मुद्दा लाग्ने डरले अहिले गाउँका सबै फरार भएको अनुमान अन्य उपभोक्ताहरुको छ । गाउँका स्थानीयहरुको कहाँ छन् भन्ने विषयमा जनप्रतिनिधिहरुले समेत अनविज्ञता प्रकट गरे । दिउसोमा गाउँ नै खालि हुने र रातिमा मात्रै गाउँमा स्थानीय आउने गरेको छिमेकी गाउँका स्थानीयहरुको अनुमान छ ।

घटना मिलाउन दाैडधुप

रुख कटानको घटनालाई मिलाउन अहिले बिभिन्न विकल्पहरुमा छलफल शुरु भएको स्रोतको दावी छ । डिभिजन वन कार्यालयबाट अनुगमनको टोलि पुगेपछि नै त्यहा“ लगातार बैठक र छलफलहरु बसिरहेका छन् ।

पहिलो बिकल्पमा कटान भएका रुखहरुलाई बेवारिशे देखाउने गरि छलफल भएको छ । कटान भएको रुखहरु बेवारिशे देखाउने र डिभिजन वन कार्यालय मार्फत लिलामी गराउने भन्ने विषयमा छलफल भएको स्रोतको दावी छ ।

दोस्रो विकल्पमा विकास निर्माणको लागि रुख कटान गरिएको र अपचलन नभएको भन्ने गरि मिलाउने भन्ने रहेको छ । तर, त्यस विकल्प त्यति प्रभावकारी नुहुने निष्कर्षमा उनिहरु पुगि सकेका छन् ।

तेस्रो विकल्पमा खगरा गाउ“का केहीलाई सबै घटनाको जिम्मेवारी लिन लगाउने भन्ने छ । यसरी जिम्मेवारी लिने व्यक्तिको परिवारको सम्पूर्ण भरणपोषणको जिम्मा कटान गर्न लगाउने समुहले लिने भन्ने रहेको स्रोत दावी छ ।

पहिलो र तेस्रो विकल्प केन्द्रीत छलफलहरु अहिले चलिरहेको स्रोतको दावी छ । सम्भव भएसम्म पहिलो विकल्पमा उनिहरुको प्रयास जारी रहेको छ । यसका लागि माटो रकम समेत खर्च गर्न सो समुह तयार रहेको स्रोतको दावी छ ।

तस्करको बलियो सञ्जाल

दुम्कीबास र सो आसपासमा रुख कटानी गर्ने र तस्करी गर्ने समुहहरुको बलियो सञ्जाल स्थापित भएको स्थानीयहरु बताउछन् । विगत देखि नै सो प्रकृतिमा तस्करी भइरहेको उनिहरुको भनाईछ । गत वर्ष विनयी त्रिवेणी गाउँपालिका–५ कै सिजिया भन्ने स्थानबाट समेत ठुलो परिमाणमा काठ तस्करी भएको स्रोतले बतायो । सिजिया पूर्वी नवलपरासी र पश्चिम नवलपरासीको सिमा क्षेत्रमा पर्छ ।

बर्षाको समयमा रुख कटान गर्ने र हिउ“दमा जिल्लाको विभिन्न क्षेत्र देखि चितवनको भरतपुर सम्म काठ तस्करी हुने गरेको स्रोतले बतायो । त्यसरी तस्करी गर्न बालुवा बोक्ने ट्रक, टिप्पर र ट्याक्टरहरु प्रयोग हुने गरेको स्रोतको दावी छ । सर्दी र आसपासको क्षेत्रमा काठ चिरान गर्ने भारतियहरुको टोलि स्थाई रुपमा बस्छन् । उनिहरुले गोलियालाई चिरान गरि फन्टा बनाउछन् । सो फन्टालाई बालुवाको बिचमा राखेर तस्करी गरिन्छ ।

रातको समयमा हुने तस्करीमा वन कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्म उनिहरुको सञ्जाल रहेको छ । त्यहीं सञ्जालको प्रयोग गरेर उनिहरुले काठ तस्करी गरिरहेका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.