
काठमाडौं ।
पार्टी एकीकरणको डेढ वर्षपछि नेकपाले उपाध्यक्ष पाउने भएको छ ।नेता वामदेव गौतम सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बन्ने भएका छन् ।
नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव गरेका हुन् । दुई अध्यक्षले गरेको प्रस्ताव सचिवालयले स्वीकार गरिसकेको छ । गौतम पनि पार्टीको उपाध्यक्ष बन्न तयार भएको पार्टीले स्रोतले जनाएको छ ।
स्रोतका अनुसार अध्यधद्वयको उक्त प्रस्तावलाई आगामी स्थायी समितिको बैठकले पास गरेसँगै वामदेव दुई अध्यक्षपछि एक उपाध्यक्ष हुनेछन्। अहिले पार्टीमा दुई अध्यक्ष र महासचिवको व्यवस्था गरिएको छ । यो व्यवस्था नेकपा एमाले र नेकपा माओवादीको एकताका क्रममा गरिएको हो।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.