
पोखरा ।
काठमाडौंको सफलता पछि एम्पाएर एजुकेसन एण्ड भिजा सर्भिसेसले एजुकेसन फेयरको आयोजना गरेको छ ।
सर्भिसेसको आयोजनामा भदौ १ गते (आइतबार) ‘एम्पायर ग्राण्ड अष्ट्रेलियन एजुकेसन फेयर’ हुने भएकोे हो ।उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहाने विद्यार्थीलाई सही परामर्श दिन फेयरको आयोजना गरिएको एम्पाएरका प्रबन्ध निर्देशक प्रिया थापाले जानकारी दिइन् ।

एम्पाएरको आफ्नै कार्यालय महेन्द्रपुलस्थित पोखरा मोबाइल टावरमा फेयर हुनेछ । बिहान १० बजेदेखि सुरु हुने फेयर साँझ ५ बजेसम्म चल्ने उनले बताए ।अष्ट्रेलियाका १५ वटा युनिभर्सिटीका प्रतिनिधि फेयरमा सहभागी हुनेछन् । फेयरमा १५० भन्दा बढी विद्याथी सहभागी हुने अनुमान गरिएको छ । फेयरमा निशुल्क प्रवेश हुन सकिनेछ ।
फेयरमा वरिष्ठा ट्रेनिङमा ५० छुटको व्यवस्था रहेको आयोजकले बताएको छ। फेयरमा र्फस्ट टाइम इन्फर्मेशन,पिआर अप्लाई लगायतका विषयमा पनि जानकारी दिनेछ ।
फेयरमा सहभागीहरुलाई आकर्षक गिफ्ट ह्याम्परको व्यवस्था गरिएको आयोजकले बताएको छ ।
सहभागीहरुको भिजा लागेपछि टिकटमा १० प्रतिशत छुटको व्यवस्था गरिएको उनले जानकारी दिए ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.