www.tandavnews.com
Fact ~ In search of truth

सञ्चारकर्मी रविसहित ३ जनालाई अदालतले दियो ५ दिन हिरासतमा राख्ने अनुमति

काठमाडौं।

पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेसहित ३ जनालाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत चितवनले अनुमति दिएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनले घटना अनुसन्धानका लागि तीनै जनालाई हिरासतमा राख्न शुक्रवार अदालतमा अनुमति मागेको थियो ।

सञ्चारकर्मी लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई हिरासतमा राख्न अदालतले अनुमति दिएको हो । पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरिएको भनिएको भिडियोमा आफूले आत्महत्या गर्नुको कारण बताउँदै तीनै जनामाथि आरोप लगाइएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.