www.tandavnews.com
Fact ~ In search of truth

संविधान संशोधनका लागि सरकारमा छौं :समाजवादी अध्यक्ष यादव

सुशान्त गाहा मगर,
ताण्डव न्यूज ।

नेपाल सरकारका उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारमा संविधान संशोधनका लागि रहेको बताएका छन् ।

समाजवादी पार्टी गण्डकी प्रदेश समितिले शुक्रबार पोखरामा आयोजना गरेको पार्टी समायोजन तथा सपथ ग्रहण कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री यादबले यस्तो अभिब्यक्ति दिएका हुन । उनले सरकार गठन भएको लामो समय बितिसक्दा समेत सम्झौता बमोजिम संविधान संशोधन गर्न पहल नगर्दा सरकार भन्दा बलियो सदन र सडक रहेको उल्लेख गरे ।

उनले संविधान संशोधन गर्ने सम्झौता सहित सरकारमा बसेको बताउदै अहिलेको समयमा शर्त पुरा नहुनेका शंका उत्पन्न भएको समेत बताए ।उनले सम्झौता अनुरुप संविधान संशोधन नगरेको खण्डमा सरकार छाडेर सडक र संसदमा जान तयार रहेको धारणा ब्यक्त गरे ।

उनले संविधानमा पिछडा वर्ग, असमाबेशी तथा शिल्पी समुदाय लगायतलाई समेट्न नसक्नेगरी व्यवस्था गरिएको भन्दै धेरै त्रुटी रहेको औल्याए । उपप्रधानमन्त्री यादबले त्रुटीलाई सच्याउने र परिमार्जित गर्ने सम्झौता भएरमात्रै सरकारमा रहेको उल्लेख गरे ।

संविधान संशोधनका लागि सत्तापक्षको दुई तिहाइ मत पु‍¥याउन सरकारमा बसिरहेको यादवले बताए । उनले देश संघीयतामा गैसकेपनि प्रदेशलाई अधिकार नदिएर संघीयता समाप्त गर्ने काम गरेको औल्याए ।उपप्रधानमन्त्री यादबले प्रदेशलाई बलियो बनाउन नेपाल कम्युनिस्ट पार्टी तथा कांग्रेस र राजावादी पार्टीले चलखेल गरिरहेको आरोप लगाए ।

संघीयतालाई स्थापित गर्न कम्युनिस्ट र कांग्रेस दुवैको ठीक मनस्थिती नभएको बताउदै प्रदेश सरकारलाई कुण्ठित गरेको समेत धारणा ब्यक्त गरेका थिए ।त्यस्तै अर्का अध्यक्ष डा. बाबुराम भट्टराईले संघीयता, सुशासन, समृद्धि र समाजवादको लागि बैकल्पिक शक्तिको रुपमा समाजवादी पार्टी उदाउने बताए । उनले संघीयताको मर्म पुरा गर्दै मुलुकलाई आर्थिक समृद्धिको बाटोमा डो¥याउन समाजवादीको बिकल्प अरु पार्टी नरहेको धारणा समेत ब्यक्त गरेका थिए ।

गण्डकी प्रदेश, कास्की जिल्ला र महानगरको समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण गराईएको उक्त कार्यक्रममा नेकपा तथा काङ्ग्रेस परित्याग गरि सयौको सँख्याले पार्टी प्रबेश समेत गरेको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.