
काठमाडौं
चन्द्रागिरि नगरपालिका–१३ मा ‘मदन भण्डारी स्मृति पार्क’ निर्माण हुने भएको छ । काठमाडौँ महानगरपालिका र चन्द्रागिरि नगरपालिकाको साझेदारीमा उक्त उद्यान निर्माण हुन लागेको हो ।
काठमाडौँ महानगरपालिकाको एक करोड तथा चन्द्रागिरि नगरपालिकाको एक करोड लागतमा उक्त उद्यान बन्न लागेको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिए ।“काठमाडौँ महानगरपालिकाले प्रत्येक नगरपालिकालाई पार्क निर्माणका लागि एक करोड विनियोजन गरेसँगै मदन भण्डारी उद्यान निर्माण गर्न लागेका हौँ”, उनले भने । उक्त उद्यानको बिहीबार शिलान्यास गरिएको छ ।
चन्द्रागिरि नगरपालिकाको पर्यटकीय विकासका लागि केवुल कार, कालु पाण्डे समाधी स्थल, मातातीर्थलगायतले सहयोग पुग्ने उनको भनाइ थियो । उद्यान निर्माणसँगै चन्द्रागिरि नगरपालिकाको पर्यटनमा थप सहयोग पुग्ने गिरीले बताए। ।रासस
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.