www.tandavnews.com
Fact ~ In search of truth

गोरखामा श्रीमानले गरे श्रीमतीको हत्या

पोखरा ।

गोरखामा श्रीमानले धारिलो हतियारले हानेर श्रीमतीको हत्या गरेका छन् ।

गोरखाको लक्ष्मीबजारमा याकुब परियारले श्रीमती पुजा परियारलाई धारीलो हतियारले हानेर हत्या गरेको गोरखा प्रहरीले जानकारी दिएको छ । ‘याकुब परियारले श्रीमती पुजाको हत्या गरेको हो ।हामी अनुसन्धानमै छौँ,’ गोरखाका एसपी ओमराज अधिकारीले जानकारी दिए । स्थानीयका अनुसार गयराती करिब १० बजेतिर श्रीमानले खुर्पाले हानेर श्रीमतीको हत्या गरेका हुन् ।

Batas

हत्याको कारण नखुलेको एसपी अधिकारीले जानकारी दिए । मृतक पुजाको शव जिल्ला अस्पताल गोरखामा राखिएको छ भने श्रीमान याकुबलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.