www.tandavnews.com
Fact ~ In search of truth

पोखराको शहिद पार्कमा ठडियो राष्ट्रिय विभूतीको शालिक (फोटो फिचर)

ताण्डव न्यूज ।
पोखरा महानगरपालिका क्षेत्र भित्र सहिद पार्क निर्माण बारेको बहस धेरै पुरानो हो । सराङ्गकोट ग्यार्जती जामुनबोट भन्ने स्थानमा भिमसेन दाहाल प्रतिस्ठानले सम्रक्षण गर्ने गरि पार्क बनाउन तत्कालिन सराङ्गकोट गाविसले अनुमती समेत दिएको थियो तर पार्क निर्माणको कामले गति लिएन । महानगरपालिका बनिसकेपछी पनि पोखरा महानगरले सोहि जग्गामा राष्ट्रिय बिभुती तथा सहिद पार्क बनाउने घोषणा गर्यो तर दुइ बर्ष सम्म कुनै प्रगती देखिएन ।

तर तिन महिना अघि महानगर प्रमुख मानबहादुर जिसीको आदेशले महानगरको एउटा टिम ब्यानर बोकेर जामुनबोट पुग्यो । ब्यानरमा लेखिएको थियो राष्ट्रिय बिभुती तथा सहिद पार्क निर्माण स्थल ।

ब्यानर झुन्डिए सङ्गै निर्माणकामले द्रुत गति पाएको पोखरा महानगरको राष्ट्रिय बिभुती तथा सहिद पार्कमा कामले गति लिएको छ । सहिद पार्कको तल्लो भागमा ब्यवस्थित्त खुल्ला ब्यायामशाला सहितको पार्क बनेको छ ।पोखराको पर्यटकीय गन्तब्यहरुको सूचीमा उक्त पार्क थपिएको महानगरले जनाएको छ ।

Batas

माथिल्लो भागमा सिँडि तथा शालिक ब्यवस्थापन स्थल बनाइसकिएको छ ।भर्खरै पोखरा महानगरले पृथ्वीनारायण शाह,पुस्पलाल र भिमसेनको शालिक पार्कमा राखेको छ ।  यो बर्ष पार्कमा पोखरा ब्यानर ,हेलिकप्टर सहितको सौन्दर्यिकरण गरि रबिन्द्र ब्लक , सेमिनार हल , सुरक्षा पर्खाल तथा बाल उद्दान निर्माणको कार्य अगाडि बढउने महानगरका इन्जिनियर बिकास सुबेदिले जानकारी दिए ।

 

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.