
पोखरा ।
‘राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन’को कास्की जिल्ला स्तरीय कार्यसमिति गठन भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी सम्बद्ध युवा संगठनको हिजो एक कार्यक्रमका बिच कास्कीमा नयाँ कार्यसमिती गठन भएको हो । नवगठित कार्यसमितिको अध्यक्षमा बिजयबहादुर भण्डारी नियुक्त भएका छन् । उपाध्यक्षमा बिक्रम श्रेष्ठ, दुर्गाबहादुर आले, सचिवमा सौरभ त्रिपाठी र कोषाध्यक्षमा कमला थापा चयन भएका छन् ।
कार्यसमितिको सदस्यहरुमा प्रविण गुरुङ, शिव बानियाँ, सिजन सेञ्चुरी, आयुष श्रेष्ठ, सुशन विश्वकर्मा, समिर थापा, नोबेल प्रधान, सन्तोष लामा, मिलन परियार , शिशिर गुरुङ र विशाल परियार चयन भएका छन् ।
कार्यक्रममा कार्यसमितिका निवर्तमान अध्यक्ष सन्तोष रानालाई जिल्ला कार्यसमितिको सल्लाहकार चयन गरिएको छ
राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका गण्डकी प्रदेश प्रमुख हिक्मतजंग कार्की सहित प्रदेश कार्यसमितिको पहलमा जिल्लास्तरिय युवा संठगन गठन भएको हो । उनले युवाहरुको पहलमा मात्र देशले विकाश लिने बताउँदै अब युवाहरुले नेतृत्व लिनुपर्ने बेला आएको बताए ।
भेलामा पार्टीका सहायक महामन्त्री मदनबहादुर कार्की उपस्थित थिए । कार्यक्रममा उनले अब राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीति युवाहरुले नेतृत्व गर्नुपर्ने बताउँदै राष्ट्रबादमाथि भैरहेको हस्तक्षेपमा युवा शक्ति एकजुट हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य जयलाल पुन, केन्द्रीय सदस्य कुलबहादुर गुरुङ (कुलु), नेपाली काँग्रेसका प्रतिनीधि बोधबहादुर कार्की, तरुण दल कास्कीका ईकाई अध्यक्ष जसबहादुर गुरुङ, वडा सदस्य जीतेन्द्रजंग थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला अध्यक्ष डा महेन्द्र बहादुर कार्की, केन्द्रिय सदस्य नारायण गुरुङ लगाएतको उपस्थिती रहेको थियो ।
कार्यक्रम संचालन प्रदेश महासचिव शिशिर शर्माले गरेका थिए भने व्यवस्थापन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय सदस्य मनिस केसी र मिलन केसीले गरेका थिए ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.