
पोखरा।
सामाजिक संजाल फेसबुक मार्फत स्थापित भएको हाम्रो पोखरा ग्रुपले धुर्मुस सुन्तली फाउन्डेसनद्धारा निर्माण हुन लागेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको लागि आर्थिक सहयोग गरेको छ ।
ग्रुपले ५५ हजार ५ सय रुपैयाँ फाउन्डेसनलाई सहयोग स्वरुप प्रदान गरेको हो । च्यारिटी शो, सांस्कृतिक कार्यक्रम,आर्थिक रकम सङ्कलन, जस्ता विभिन्न कार्यक्रममार्फत रकम संकलन गरेका हुन् ।
हाम्रो पोखराका अध्यक्ष सुबास आचार्यको संयोजकत्वमा १२ जनाको टोलि निर्माणाधिन रंगशालामा नै पुगेर धुर्मुस सुन्तली फाउन्डेसनका प्रतिनिधि चन्द्रा खड्कालाई सो रकम हस्तान्तरण गरेको हाम्रो पोखरा ग्रुपका सदस्य केशव आचार्यले जानकारी दिए ।
समाजमा सामाजिक संजालमा झुण्डीएर समय खेर फाल्ने युवा मात्र नभएको भन्दै फाउण्डेसनकी प्रतिनिधि खड्काले भनिन् – “समाजमा सबैजना युवा कुलतमा मात्र फसेका रैनछ्न केही राम्रो कामको लागि पनि अघि बढेका रहेछन, तपाइहरुहरुको काम सकारात्मक लाग्यो, यहाँहरुको साथ सहयोग रहिरहोस, यहाँहरुको यो काम प्रती निकै खुसी लाग्यो ।”
हाम्रो पोखराले बिगत २ बर्षदेखि पोखरा लगाएतका विभिन्न क्षेत्रहरुमा गरिब, बिपन्न वर्गलाई सहयोग, सचेतनामुलक कार्यक्रम, बृद्धआश्रम तथा बिद्यालयहरुमा विभिन्न सहयोग गर्दै आइरहेको छ।
सामाजिक युवाहरुको एकता ,समाज परिवर्तनमा हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ यो ग्रुप सामाजिक कार्यमा सक्रिय रहँदै आएको छ । रासस
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.