
पोखरा ।
तीज पर्व नजिकिँदै गर्दा यहाँको एक महिला समूहले मुटुरोग परीक्षण शिविर सञ्चालन गरेको छ ।
पोखरा उपमहानगरपालिका–१७ स्थित घारीकुलो आमा समूहले रमाइलो भन्दा पनि स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर आफ्नो समूहका सदस्य एवं समाजका अन्य विपन्नवर्गलाई लक्षित गरी सो शिविर आयोजना गरेको हो ।आहार, बिहारलगायत विभिन्न कारणबाट मुटुरोग समस्याको रूपमा देखिएको वर्तमान अवस्थामा तीज पर्वको अवसर पारेर सचेतना एवं मुटुरोग परीक्षण शिविर राखिएको समूहका अध्यक्ष आशा श्रेष्ठले जानकारी दिए ।
जयन्ती मेमोरियल ट्रष्टको प्राविधिक सहयोगमा आयोजित उक्त शिविरमा १०० जनाको मुटुरोग परीक्षण गरिएकोमा १० जनामा समस्या देखिएको प्रतिष्ठानका पश्चिमाञ्चल क्षेत्रीय अस्पताल संयोजक सविता मैनालीले जानकारी दिए ।
पछिल्लो समय मध्यपान, धुमपान तथा शारीरीक परिश्रमको अभावमा महिलामा मुटुको समस्या बढ्दै गएको एक तथ्याङ्कमा उल्लेख छ । शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा आशिश त्रिपाठी र डा अमृत पाखरेलले मुटुरोग परीक्षण गरेका थिए । रासस
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.