
काठमाडौं ।
पक्राउ पुर्जी जारी गरिएकी अभिनेत्री शिल्पा पोखरेल सर्वोच्च अदालतमा हाजिर भएकी छिन् ।
बहुविवाह मुद्दामा काठमाडौं जिल्ला अदालतले छवी ओझा र शिल्पा पोखरेलबिरुद्ध पक्राउ पुर्जी जारी गरेपछि उनीहरु फरार थिए। शिल्पा र छविको सम्बन्ध विच्छेद विवाद जिल्ला, उच्च हुँदै सर्वोच्च अदालत पुगेको हो।
आफूविरुद्ध जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएपछि सर्वप्रथम अभिनेत्री पोखरेल उच्च अदालत पाटनमा निषेधाज्ञा मुद्दा लिएर पुगेकी थिइन्।
उच्च अदालतमा उनले आफूविरुद्ध जारी भएको पक्राउ पुर्जी खारेज हुनुपर्ने जिकीर गरेकी थिइन्। शिल्पाको उक्त निवेदनमा साउन २४ गते सुनुवाइ गर्दै उच्च अदालतले जिल्ला अदालत काठमाडौंले दिएको पक्राउ पुर्जीको आदेश रोक्न अस्वीकार गरेको थियो। उच्च अदालतले जिल्लाकै निर्णय सदर गरेपछि शिल्पा सर्वोच्च पुगेकी हुन्।
उक्त निवेदन आइतबार सुनुवाइको पेशीमा रहेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासमा शिल्पाको पेशी रहेको छ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.