www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा भदौ ११ देखि वाईवाई तीज मेला

पोखरा ।

पोखरामा ५ दिन वाईवाई तीज मेला आयोजना हुने भएको छ ।

महिलाहरुको चाड हरितालिका तीजको अवसरमा पुष्पाञ्जली फेशन एण्ड इभेन्टको आयोजनामा वाईवाई तीज मेला–२०७६ हुने भएको हो । भदौ ११ गतेदेखि १७ गतेसम्म पुरानो टुडिखेल मैदान बगरमा आयोजना हुनेछ ।मेलामा मौलिक तीज प्रतियोगितालाई विशेष प्राथमिकतामा राखिएको संयोजक एवम पुष्पाञ्जली फेशन एण्ड इभेन्टकी अध्यक्ष शोभा गौतमले जानकारी दिइन् ।

उनका अनुसार –( “दिदी–बहिनीहरु तीजको दिनमा वर्त बस्ने र नजीकको सेती नदीमा गई स्नान गर्ने तत्पश्चात टुँडीखेल मैदानमा बसी रातभरी आफ्ना विरहका गीत गाउने, नाच्ने र दुःख साटा–साट गर्ने थलो टुँडीखेल भएकाले उक्त स्थानमा मेला गर्न लागेका हौँ ।”

तीज प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुनेलाई क्रमशः नगद ३० हजार १सय १, २० हजार १सय १ र १० हजार १सय १ पुरस्कार स्वरुप प्रदान गर्ने शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।यस्तै सान्त्वना हुने २ टिमले ५ हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् । एकल तीज गीत गृहणी नृत्य प्रतियोगिता अन्तर्गत प्रथम, द्धितिय,तृतिय र सान्त्वना हुनेले क्रमशः नगद १० हजार १ सय १, ७ हजार १ सय १, ५ हजार १ सय १ र ३ हजार १सय १ प्राप्त गर्नेछन् ।

१ हप्ते मेलामा म्यूजिकल चियर प्रतियोगिता, टपरी गाँस्ने प्रतियोगिता र छेलो फाल्ने प्रतियोगिता समेत राखिएको मेलाका मूल आयोजक समितिका सह–संयोजक एवम इन्द्रेणी एकिकृत विकास केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले बताए ।

मेलाभित्र महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी, विभिन्न व्यवसायीक स्टलहरु र मनोरञ्जनको निम्ति बाल उद्यानको समेत व्यवस्था रहेको मेलाका प्रचारप्रसार उपसमितिका संयोजक दिनेश शर्माले बताए । उनका अनुसार मेलामा राष्ट्रिय स्तरका कलाकारहरुको पनि बेजोड प्रस्तुती रहनेछ ।

मेलालाई थप व्यवस्थित र मर्यादित बनाउनको लागि मूल आयोजक समिति, कार्य सम्पादन समिति, महोत्सव संरक्षण समिति सँगै २२ ओटा विभिन्न उप–समितिहरु गठन गरिएको छ ।

मेलाबाट संकलित रकम इन्द्रेणी एकेडेमीमा रहेका विद्यार्थीहरुको स्त्तरोन्तीमा खर्च गर्ने बताइएको छ । मेला विगत २ं०३७ सालदेखि पोखरामा निरन्तर सामाजिक क्षेत्रमा क्रियाशिल गण्डकी प्रदेशकै अग्रणी संस्था इन्द्रेणी एकिकृत विकास केन्द्रको सहकार्यमा गर्न लागिएको हो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.