
काठमाडौं ।
भोटेकोसी नदीमा भीषण बाढी आउँदा रसुवास्थित बेलिब्रिज बगाएको छ।
वर्षाकारण आइतबार राति उक्त नदीमा आएको बाढीले टिमुरे भन्सार कार्यालयबाट सुक्खा बन्दरगाहबाट रसुवागढी जलविद्युत् आयोजनातर्फ जाने बेलिब्रिज बगाएको हो।भोटेकोसीमा आएको बाढीले सडक कटान गरेपछि बेलिब्रिज बगाएको रसुवा जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

भोटेकोसी नदीमा भीषण बाढी आउँदा रसुवागढी जलविद्युत आयोजनाका हेडवर्क्स, पेनस्टक पाइप, कफर ड्यामलगायत संरचना बगाएको आयोजनाले जनाएको छ। क्षतिको थप विवरण आउन बाँकी छ।
नदीमा बहाव बढेपछि स्वाफ्रुबेसी, गुमचेत, मैलुङ, पहिरोबेंसी, शान्तिबजारदेखि खाल्डेसम्मका बस्ती जोखिममा परेपछि त्यहाँका बासिन्दालाई राति नै सुरक्षित स्थानमा सारिएको थियो। अहिले भोटेकोसीको बहाव केही घटेको स्थानीयले जनाएका छन्।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.