www.tandavnews.com
Fact ~ In search of truth

किन दिए उच्च अदालत पोखराका न्यायाधीश अधिकारीले राजीनामा !

पोखरा ।

निष्पक्ष न्याय निरुपण गर्दागर्दै आरोप खेप्नुपरेको भन्दै न्यायाधीश जीवनहरि अधिकारीले राजीनामा दिएका छन् । गोर्खा ब्रुअरीको अन्तशुल्क विवाद छानबिनमा तानिएपछि उच्च अदालत पोखराका न्यायाधीश जीवनहरि अधिकारी न्याय परिषद्मार्फत प्रधानन्यायाधीश समक्ष राजीनामा दिएको जनाइएको छ ।

अधिकारीले राजीनामामा ४० वर्ष न्याय सेवामा बिताएको समयमा कुनै पनि विवादित काम नगरेको र न्याय सेवाबाट अवकाश पाउने समय नजिक आइपुग्दा आफूमाथि गम्भीर आरोप लागेको बताएका छन् । सो प्रकरणमा सर्वोच्चकी न्यायाधीश सपना मल्ल प्रधानको नेतृत्वमा छानबिन समिति बनेको थियो।

Batas

उनले समितिमा बयान दिएपछि राजीनामा बुझाएका हुन्।उनी न्याष परिषद्को सिफारिसमा प्रधानन्यायाधीशमार्फत उच्च अदालत पोखरामा नियुक्त भएका थिए।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.